2026-07-11 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबासीले गरे बाजागाजासहीत संविधानको भब्य स्वागत

नरी बडु, असोज ३ बैतडी । बैतडीका विभिन्न ठाँउहरुमा बैतडीवासीले बाजागाजा र डेउडा सहित जननिर्वाचित नयाँ संविधान २०७२ को भब्य स्वागत गरेका छन्

आज देखि जारी भएको नयाँ संविधानले आफुहरुका हक अधिकारको सुनिश्चतता गर्ने विश्वास सहित बैतडीबासिले पञ्चेबाजा र सुदूरपश्चिमका प्रचलित लोक कला डेउडा गितबाट संविधानको स्वगत गरेका हुन् ।

२०६२÷०६३ को आन्दोलनको सुरुवाती केन्द्रबिन्दु मानिने बैतडीको सदरमुकाममा रहेको साहिलेक बाजारमा अवस्थीत लोकतान्त्रीक चोकबाट पञ्चेबाजा र युवाहरुको र्यालि सहित सदरमुकाम परिकर्मा गरेर नयाँ संविधानको स्वगत गरीएको छ ।

जिल्लामा क्रियासिल मानिने राजनितीक दलहरुले छुट्टाछुट्ै कार्यक्रमको आयोजना गरी संविधानको स्वागत गरेपनी स्थानिय ब्यापारी, सर्वसाधारण, नागरीक समाज, संघसंस्थाहरुले भने बाक्लो उपस्थीतीमा लोकतान्त्रिक चोकलाई नै संविधानको स्वागत गर्ने महत्वपुर्ण ठाँउको रुपमा लिए ।

नेपाली एकतालाई चिनाउन कुनै दलिय झण्डा नउठाई स्थानियले संयुक्त रुपमा नेपालको झण्डा हातमा लिई र्याली सहित सदरमुकाम परिकर्मा गरेको र्यालीका अगुवा माधव विष्टले बताए ।

यो सबै नेपालीको साझा संविधान भएकाले संयुक्त रुपमा र्याली सहित डेउडा नाचगान गरी आफुहरुले संविधानको स्वागत गरेको उनले बताए ।

उक्त कार्यक्रममा जिल्ला सदरमुकास्थीत व्यापारी, स्थानिय सर्वसाधारण, संघ संस्था, नागरीक समाज र दलित पिछडीएका व्यक्तिहरुको उल्लासमय उपस्थीती रहेको थियो ।

यस्तै बैतडीमा क्रियासिल राजनितिक दलहरुले पनि आ–आफ्नो पार्टी कार्यालयमा छुट्टा छुट्टै कार्यक्रमको अयोजना गरी नयाँ संविधानको स्वगत गरेका छन् ।

त्यसैगरी बैतडीको दुर्गास्थान, श्रीकेदार, पाटन, गोकुलेश्वर लगायतका क्षेत्रहरुमा पनि स्थानियले बाजागाजा सहित संविधानको भव्य स्वगत गरेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस