फागुन १९, मेलम्ची । सिन्धुपाल्चोकको खाडीचौरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज साँझ काठमाडौँबाट खाडीचौरतर्फ जाँदै गरेको ना ३ ख ६९४५ नं ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बा ३१ प ८५१९ नं को मोटरसाइकललाई ठक्कर दिँदा फुल्पिङडाँडा–५ का सोनाम तामाङको मृत्यु भएको र अन्य दुई घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भक्तपुर निवासी मोटरसाइकल चालक अमृत खड्का र विजय भारतीको सिन्धुसदाबहार अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चमान बाखुले बताउनुभयो ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करका चालक दुर्घटनालगत्तै फरार रहेको र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । रासस

March 2, 2017
समाज, सिन्धुपाल्चोक - SDP
सिन्धुपाल्चोकमा ट्याङ्करको ठक्करबाट एकको मृत्यु
By kit
2 मिनेट पढाइ