Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 30, 2015 बैतडी - BTD, समाज

बैतडीमा मोदीको पुत्ला जलाईयो, जुलाघाट नाका बन्द गर्ने चेतावनी

By साझासवाल 3 मिनेट पढाइ

नरी बडु/ असोज १४, बैतडी ।  आघोषित रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतीय प्रधानमन्त्रि मोदिको बिरोध स्वरुप बैतडीमा बुधबार बेलुकी मोदीको पुत्ला दहन गरीएको छ । ९१ प्रतिसत संसदद्वारा बाहुमतले पारीत भएको नेपालको नयाँ संविधान २०७२ घोषणा भएदेखि नौटंकि रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतीय हस्तक्षेपको बिरोधस्वरुप बैतडीमा भारतविरुद्ध प्रदर्शन सहित पुत्ला दहन गरीएको हो ।

baitadi 2
आज अर्थात बुधाबार बेलुकि बैतडीका विभिन्न विद्यार्थि संगठनहरुद्वारा भारत विरुद्ध नाराबाजिसहित बिरोध गरीएको नेपाल विद्यार्थि संघका जिल्ला सचिव सुरेन्द्र प्रसाद भट्टले बताए ।

आफु स्वाभिमानि नेपाली भएको र भारतको हस्तक्षेप कुनैपनि हातलमा सहन नसक्ने भन्दै बैतडीका नेपाल विद्यार्थि संघ, अनेरास्ववियो लगायत विभिन्न विद्यार्थि संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल र भारतका धेरैजसो नाकाहरुमा भारतले अघोषित रुपमा नाकाबन्दी गरेकाले अफुहरुले पनि बैतडीको जुलाघाट नाका बन्द गर्ने चेतावनी विद्यार्थि संगठनहरुले दिएका छन् ।

baitadi
आजको बिरोधको कार्यक्रम अन्र्तगत भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन, भारतिय विस्तारबाद बिरुद्ध नाराजुलुस मात्रै गरीएपनि भारतले नेपालप्रतिको व्यवहार नसच्याए थप आन्दोलनका कार्यक्रमहरु समेत गरीने अनेरास्ववियोका जिल्ला अध्यक्ष जयन्त कुवरले बताए ।

अहिलेसम्म देशका अरु नाकाहरु बन्द गरीएपनि बैतडीको जुलाघाट नाकाभने सुचारु अवस्थामानै रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

फोटो क्याप्सनः नरी बडु ÷भारतीय विस्तारबादको र भारतीय सरकारको विरोध स्वरुप मोदीको पुत्ला जलाउदै बैतडीका विद्यार्थि संगठनहरु र प्रहरी दहन गरेको पुत्ला निभाउदै