८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पेट्रोल र डिजेलको चरम अभाव

१५ आश्विन २०७२, शुक्रबार ०६:१४

नरी बडु, असोज १५, बैतडी । भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति रोकेपछी बैतडीमा पनि डिजेल र पेट्रोलको चरम अभाव भएको छ ।
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण बैतडीमा पनि पेट्रोल र डिजेलको चरम अभाव सिर्जना भएको हो ।
जिल्लामा डिजेल र पेट्रोलको आपूर्ती नहुँदा जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणाली अन्र्तगत सानो गाडीलाई हप्तामा १० लिटर र ठूलो गाडीलाई हप्तामा २० लिटर मात्र डिजेल उपलब्ध गराउन पेट्रोल पम्प संचालकहरुलाई निर्देशन दिएको छ ।

नेपाल सरकारको पेट्रोल र डिजेल फारु गर्ने कार्यक्रम अनुसार सरकारी गाडी पनि आवश्यकता अनुसार मात्र चलाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

उहाले भन्नुभयो “पेट्रोलियम पदार्थको समस्या भएकाले सकभर सार्वजनिक गाडीमा मात्र यात्रा गर्न सुझाव दिएका छौ” ।
माथिबाटै आवश्यकता अनुसार पेट्रोलियम पदार्थका आपुर्ति नहुदा आफुहरुलाई पनि वितरण गर्न नसकिरहेको भण्डारी आयल स्टोर सतबाँझका संचालक लाल बहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार भण्डारी आयल स्टोरमा अहिले कत्तिपनि पेट्रोल मौज्दात छैन । अहिले जिल्लामा करीब १५ दिन जति मात्रै धान्नसक्ने गरी पेट्रलियम पदार्थ रहेको प्रमुख प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र