2026-09-19 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गाविस स्तरीय महिला संजालको दोश्रो साधारण सम्पन्न

सुरज विश्वकर्मा/फागुन २१, प्युठान । सारी गाविस स्तरयि महिला संजालको दोश्रो वार्षीक साधारण सभा तथा अधीवेशन शुक्रवार सारी गाविसको कार्यलयमा सम्पन्न भएको छ ।

महिला संजालकी अध्यक्ष कमला भण्डारीको अध्यषतामा सुरु भएको सो साधारण सभाको प्रमूख अतीथी सारी गा.वि.स का सचिव दिनेश सापकोटा रहनुभएको थियो । कार्यक्रममा  स्वागत मन्तव्य संजालकी कोषाध्यक्ष शान्ती वुडाथोकीले दिनुभएको थियो भने प्रमूख अतीथी तथा अध्यक्षले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

सो कार्यक्रममा संजालले गरेका क्रियाकलापहरुलाई समेटी प्रगती प्रतिवेदन संजालकी सचिव सरस्वती भण्डारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभीन्न समूदामयका महीलाहरु,गा.वि.स प्रतीनीधी,राजनीतीक दलहरु गरी जम्मा ५० जना वरावरको उपस्थीती रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले संजालको दिगोपनाका लागी सदस्यहरुको महत्वपूर्ण भूमीका रहेको र आगामी दिनमा सवै वडाहरुलाई समेटेर पछाडी पारीएका तथा विपन्न वर्गका महिलाहरुको हक र अधीकारका लागी सवैलाई  समेट्ने गरी कार्यक्रम संचालन गर्नुपर्ने  कुरामा जोड दिएका थिए । 

गा.वि.स सचिव तथा कार्यक्रमका प्रमूख अतीथीले महिला संजाललाई गा.वि.सले विगतका दिनहरुदेखीनै विभीन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनी जस्तोसुकै सहयोग गर्न पनी तयार रहेको वताउनु भएको छ । साथै सोही अवशरमा संजालले विना पाहार्देको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । 

जस्मा उपाध्यक्षमा थुमा वि.क,सचिवमा गौरी भट्टराई,सहसचिवमा शारदा वि.सी र कोषाध्यक्षमा सरस्वती भण्डारी रहनु भएको छ । सो कार्यक्रमको संचालन गौरी भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई