सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ ।"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम प्युठानमा सम्पन्न

सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा तुषारा, माझकोट, विजुवार, भिगृ तगाएतका २२ वटा समुहका सदस्यहरुको उपस्थिती रहेको थियो । 

फागुन १७ गते देखि २१ गते सम्म चलेको तालिममा लैङ्गिक विभेद, विभेदका कारणहरु, लैङ्गिक समानता, एचआईभी/एड्स, प्रजनन अङ्गहरुको परिचय, सुरक्षित मातृत्व, परिवार नियोजन, गर्भावस्थाको परिचय, गर्भपतन, सुरक्षित मातृत्व, महिनावारीको परिचय लगाएतको वारेमा सहजीकरण गरिएको थियो । जिल्ला स्थित महिला सहकारी सदस्यहरु सम्मिलीत तालिमको उद्धेश्य महिलाहरुको प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व, यौनरोगको वारेमा जानकारी दिने, लैङ्गिक विभेद र भुमिकाका बारेमा सचेतना बृद्धि गर्ने, महिलाको प्रजनन संग सम्वन्धित समस्याहरु बाहिर ल्याउन सहयोग गर्ने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानका सुचना विकास अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो । 

तालिमको सहजीकरण महिला विकास अधिकृत विष्णु आचार्य, महिला विकास निरिक्षक माया श्रेष्ठ, नसिङ्ग अधिकृत राधा केसी, सि.अ.न.मी. शारदा खड्का लगाएतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई