2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा देशकै सबैभन्दा बढी अनमि भित्रिए

parsutiनरी बडु । माघ १५, बैतडी । कुनै समय सुत्केरी वेथा लागेर आमा र बच्चाको अकालमै ज्यान जाने बैतडी जिल्लामा पछिल्लो समय स्वास्थ्य क्षेत्रले लगातार फड्को मारीरहेको छ ।

जिल्लामा दुर्गम क्षेत्रमा रहेका प्रत्येक गाविस र टाढाका गाँउ– गाँउहरुबाट जिल्ला स्वास्थ्य कार्यालयले संस्थागत सुत्केरी, गर्भवती जाँचसेवा, परिवार नियोजन लगायत विभिन्न किसमका शिविरहरु संञ्चालन गर्न थालेपछि बैतडीको स्वास्थ्य क्षेत्रले उल्लेख्य फड्को मार्न सकेको हो ।

तर तुलनात्मक रुपमा धेरै किसमको परिवर्तन भएपनि स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्न बाँकि रहेको अधिकारकर्मिहरुको भनाई छ । कुनै समय अनमी भनेको समेत नबुझ्ने यहाँका स्थानियहरुका गाँउघरमा संञ्चालित प्रत्येक स्वास्थ्य संस्था तथा प्रसुति सेवा केन्द्रहरुमा अनमीहरुले २४ सै घण्टा प्रसुति सेवा दिईरहेको स्थानिय आमाहरुको भनाई छ ।

अहिले जिल्लामा रहेका ९६ सुरक्षित प्रसुति सेवा केन्द्रबाट गर्भजाँच र प्रशुतिसेवा संञ्चालन हुदै आएको र स्वास्थ्य संस्थाभन्दा बाहिर २९ ठाँउबाट पनि उक्त सेवा दिईरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी अन्र्तगतको परिवार स्वास्य साखाका किशोर अवस्थीले बताए ।

अवस्थीका अनुसार २ सय ५१ जना अनमिले सेवा प्रवाह गर्दै आएको बैतडीमा गएको पुष महिनामा मात्रै लोकसेवाबाट माग भएका ५२ जना अनमिहरु जिल्ला भित्रिएका छन् । अहिले जिल्लामा नयाँ आएका सहित १२३ स्थायि, ७७ अस्थाई(करार) र ३ जना नगर क्लीकका गरी जम्मा २ सय ३ जना अनमिहरुले सेवा दिईरहेका छन् ।

Health teem

गएको पुष अन्तमा सुदूरपश्चिममा लोकसेवा बाट पास भएका ६४ जना अनमिहरुमध्ये सबैभन्दा बढी ५२ बैतडी, १ दार्चुला र ११ डडेल्धुरामा सेवा प्रवाहको लागि सिफारीस भई आएको बताईएको छ ।

“यो देशकै सबैभन्दा बढी हो” अवस्थीले भने । तर गएको मंसिर महिनामा क्षेत्रिय स्वास्थ्य निर्देशनालयले बैतडीमा रहेका ९ जना अनमिहरुको अन्यत्रै सरुवा गरेपछि भने अझै १६ दरबन्दीहरु खालि रहेका छन् ।

ति दरबन्दीहरुपनि लोकसेवा आयोगबाट माग भैसकेको र यसै आर्थिक वर्ष वा आउदो भदोसम्ममा सबै दरबन्दीहरु पदपुर्ति हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थाभन्दा बाहिर प्रसुति सेवा दिने मध्ये सुदूरपश्चिममा बैतडी एउटा मात्र हो ।

यसले गर्दा अहिले जिल्ला स्वस्थ्य कार्यालय बैतडीले संञ्चालन गर्ने विभिन्न किसमका अभियान तथा अन्य स्वस्थ्य सेवामा समेत सजिलो भएको जिल्ला स्वस्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

लक्षभन्दा अगाडीनै पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सफल बैतडीले (नो मोर होम डेलिभरी) अर्थात पुर्ण संस्थागत सुत्केरी जिल्ला २०७४ असार मसान्तसम्ममा गर्ने लक्षका साथ अगाडी बढीरहेको छ ।

यो संग संगै २०७५ को अन्त्इसम्ममा नमुना स्वास्थ्य जिल्ला घोषणा गर्ने अभियानलाई समेत संगै राखेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले कमै मेहेनत गरेर सफल हुन असम्भवनै देखिने आकलन गरीएको छ ।

दुर्गमका डाक्टर भनेर चिनिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थी आएपछि स्वास्थ्य क्षेत्रमा देखिएको उल्लेख्य प्रगतिले स्थानियमा समेत विश्वासको बातावरण पैदा भएको पाईन्छ ।

शिविर र अभियानमा लाउरोको साहाराले जिल्लाको विकट गाँउबस्तीमा पुग्ने अवस्थीले स्वास्थ्य क्षेत्रको लागि जतिसक्दो पहल गर्ने बताउदै आएकाछ् ।

देशिका विभिन्न ठाँउहरु र विदेशबाट आएका अथितिहरुलाई समेत समयको समयको महत्व र समय अनुसार काम गर्न लगाउने अवस्थी तालिम गोष्ठीहरुमा ढिलो आउने सरोकारवालाहरुलाई फर्काएको भन्दै विवादमा नमुछिएका भने होेईन् ।
तर अवस्थीले लगाएको समयको महत्व र समयमा काम गर्नु पर्छ भन्ने भनाईलाई प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका धेरैजसो सरोकारवालाहरुले प्रसंसा समेत गरेका छन् ।

तुलनात्मक रुपमा बैतडीको स्वास्थ्य क्षेत्रमा प्रगतिभएको देखिएपनि विभिन्न समस्याका कारण भारतको पिथौरागढ जाने यहाँका सेवाग्राहिहरु भने त्यति घटेका छैनन् ।

महिला स्वास्थ्य क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयले उल्लेख्य प्रगति गरेपनि नेपालको स्वास्थ्य निति, भगोलिक विकटता र उपकरणको अभावका कारण सबै सेवाहरु भने संञ्चालन गर्न सकिएको छैन् ।

गएको आर्थिक वर्षमा मुल्याङ्कन गरीएअनुसार बैतडी जिल्ला स्वास्थ्य सुचकाङ्कको १५ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई