2026-07-24 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बृहत सार्वजनिक सुनुवाई सम्पन्न

माघ १६ बैतडी ।
सरकारी निकायका कामकारवाहीहरुलाई जनतासामु पारदर्शी बनाउने उद्देश्यले संञ्चालन गरीएको बृहत सार्वजनिक सुनुवायि कार्यक्रम आज सम्पन्न भएको छ ।

स्थानियले सरकारी निकायका कामकार्वाहि निष्पक्ष र पारदर्शी बन्न नसकेको गुनासो गर्न थालेपछि बैतडीमा आज बृहत सार्वजनिक सुनुवायि कार्यक्रम भएको थियो ।

जिल्ला विकास समितीको कार्यालयमा भएको सार्वजनिक सुनुवायि कार्यक्रममा जिल्ला स्थीत सम्पुर्ण कायाृलयका प्रमुख र सूचना अधिकारीहरुले सहभागि तथा श्रोताहरुको जवाफ दिएका थिए ।

जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुको काम निष्पक्ष, पारदर्शी, सहभागितामुलक र जनउत्तरदायि बनाउने उद्देश्यका साथ उक्त सार्वजनिक सुनुवायि कार्यक्रम गरीएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बैतडीले संञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला भरीबाट श्राता गुनासा र सहभागिका गुनासाहरुको पालैपालो जावाफ दिईएको थियो ।

कार्यक्रममा सहभागि श्रोता तथा स्थानिय समुदायका व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयप्रति बढी गुनासाहरु प्रस्तुत गरेका थिए ।

सार्वजनिक सेवालाई मितवेयि तरीकाले जनतासमु पुर्याउने संयन्त्रनै कर्मचारी तन्त्र भएकाले बैतडी जिल्लाका कर्मचारी सेवकको रुपमा प्रस्तुत हुन तयार रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।

आज जिल्लामा भएको सार्वजनिक सुनुवायि कार्यक्रमको जिल्लामा रहेका तिनवटै रेडियोले श्रोता सम्म जोड्न सहयोग गरेपछि टाढाका स्थानियले पनि खुसि व्यक्त गरेका छन् ।

यस्ता कार्यक्रम आउदा दिनमा पनि हुन सके जनसमुदाय र सरकारी निकाय विचको सम्बन्ध अझै प्रघाट हुने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।

साथै जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा बैतडीको दुर्गम क्षेत्रमा पर्ने कुलाउ र शर्माली गाविसमा यसै महिनाको २३ गते देखि २६ गते सम्म एकिकृत घुम्ती शिविर संञ्चालन गर्ने निर्णय समेत गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाईडमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक