2026-07-25 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि मनाईयो सहिद दिवस

लक्ष्मी बिजले, माघ १६ बैतडी ।

आज शहीद दिवस । बैतडी सहित देशभर विभिन्न कार्यक्रम गरी देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ शहिद दिवस मनाईएको छ ।

दिवसको अवसरमा अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दनपा ५ बस्कोटमा रहेको शहीद सदनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको गरिएको थियो ।

दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका अध्यक्ष शेर सिंह रावलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, सेना प्रहरी, अन्य राष्ट्रसेवक कर्मचारी र संचारकर्मी लागायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागी सबैले शहीद सदन बस्कोटमा रहेको शालिकमा सबैले फूल माला सहित माल्यापर्ण गरेका थिए ।

शहीदको सम्मान नेपाल प्रहरीको टोलीले शहीद सलामी अर्पण गरेको थियो । यस्तै सभामा ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेटको मौनधारण गरी श्रद्धासुमन अर्पण गरिएको थियो ।

अमर शहीद दशरथचन्दप्रति श्रद्धासुमन व्यक्त गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी अधिकारीले पाठकले सहदहरुको सपना साकार पार्न उनिहरुले देखाएको वाटोमा हिड्न सबैलाई आग्रह गर्नुभयो ।

सहिद दिवसकै अवसरमा बैतडीको बासुलिङ्गका एक जेष्ट नागरीक रणबहादुर चन्दले सदरमुकाम पुगेर सहिदलाई सम्झदै कविता बाचन गरेका थिए ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक