2026-07-26 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यस वर्षको गणेशदत्त भट्ट स्मृति पुरुष्कार वरिष्ट पत्रकार थापालाई

smriti puruskarनरी बडु/ माघ १९ बैतडी । यस वर्षको श्री गणेशदत्त भट्ट स्मृति पत्रकारीता पुरुष्कार सुदूरपश्चिमका बरिष्ट पत्रकार चित्राङ्ग थापालाई प्रदान गरीने भएको छ ।

लामो समयदेखि क्रियासिल रुपमा पत्रकारीता पेशा गरीरहेका एवम् हाल कान्तिपुर दैनिकका बरिष्ट साहयक उपसम्पादक समेत रहनुभएका थापालाई सो पुरुष्कार प्रदान गरीन लागेको हो ।

बैतडीमा लामो समयदेखि क्रियासिल रुपमा पत्रकारीता गरीरहेका एवम् हाल नेपाल पत्रकार महासंघ साखा बैतडीका अध्यक्ष समेत रहनुभएका नरेन्द्र प्रशाद भट्टका पिताको नामले २०७१ सालमा स्थापना गरीएको उक्त पुरुष्कारको राशि रु १० हजार रहेको गणेशदत्त भट्ट स्मृति कोषले जनाएको छ ।

आज पत्रकार सम्मेलन मार्फत कोषले पत्रकारीता क्षेत्रमा दशकौँ देखि क्रियासिल थापालाई यस वर्षको पुरुष्कार प्रदान गर्ने निर्णय गरीएको जनाएको हो ।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकास विक्रम शाह, नेपाल पत्रकार महासंघ बैतडीका पुर्व अध्यक्ष राजेन्द्र नाथ र स्मृती कोषका एक जना गरी तिजनाको छनोट समितीले उक्त पुरुष्कारका लागि थापालाई सिफारिस गरेको थियो ।

थापालाई फागुनमा हुने प्रेश स्वतन्त्रता दिवशको दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष मोहन महेन्द्र विष्टले हस्तान्त्रण गर्ने निर्णय गरीएको स्मृति कोषले जनाएको छ ।

बुवाले आफ्नो र जिल्लाको पत्रकारीता क्षेत्रमा ठुलो योगदान गरेको र उहाँकै सम्झनामा क्रियासिल रुपमा खटिएका पत्रकारहरुको मनोबल बढाउने उद्देश्यले उक्त पुरुष्कारको स्थापना गरीएको नेपाल स्वर्गिय गणेशदत्त भट्टका पुत्र एवम नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्र भट्टले बताउनुभयो ।

बैतडीमा संञ्चालनमा रहेका विभिन्न छापा तथा प्रशारण मिडियाहरुमा स्वर्गिय भट्टको ठुलो योगदान रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ