पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २६, भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गर्नुभएको छ ।

भोजपुरको दिल्पा नागी स्थित खोङटाङमा बुधबार एक भव्य कार्यक्रमका बीच सांसदहरु कुमारीलक्ष्मी राई, जयन्ती राई र सइन्द्र राईले समेत साकेवा (चण्डी नाच) हुने देवीस्थान र त्यहाँका भौतिक संरचनाको शिलान्यास गर्नुभएको हो ।

करिब रु नौ करोड बराबरको लागतमा निर्माण हुन लागेको धियाङवाखा साक्खेवाटाङ (किराँत धार्मिकस्थल) लाई १३ रोपनी जग्गा भने स्थानीयबाट निःशुल्क प्राप्त भइसकेको संरक्षण तथा सम्वद्र्धन मूल समितिका अध्यक्ष धर्मराज राईले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री राईले गुरुयोजना अनुसार काम हुनसके संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा साकेवा शिली समेत प्रस्तुत गरिएको थियो । रासस