2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको माझकोट पूर्ण सरसफाईयुक्त बन्यो

सागर शर्मा/फागुन २६, प्युठान । माझकोट गाविसको २ नम्वर वडा पूर्ण सरसफाई युक्त घोषणा भएको छ । 

वडा भित्र रहेका ४४ घरधुरीले सरसफाईका सवै सूचकहरुको प्रयोग गरेपछि आज एक कार्यक्रमका बीच वडालाई सरसफाईयुक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा प्रमुख अतिथी स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्यालले घोषणा भएको वडालाई सरसफाई निरन्तर राख्न आग्रह गर्नुभयो । उहाँले सरसफाईसँगै गाउमा बालबालिकालाई विद्यालय पढाउने, बालविवाह रोक्ने, बनजंगल संरक्षण गर्ने, आयआर्जनको कृयाकलाप सञ्चालन गर्ने कार्यमा अग्रसर हुन समेत आग्रह गर्नुभयो ।

वडा नागरिक मञ्चका सह संयोजक शिवराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ, जिविसका सव इन्जिनियर दिनेश केसीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा, गाविस सचिव पुष्पराज थापा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, परियोजनाका स्वास्थ्य प्रर्वद्धक गोमा श्रेष्ठ र बसन्ता केसीको समेत उपस्थिती थियो । कार्यक्रमको सञ्चालन स्थानीय मदन भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द