२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गौतमको हत्याको बिरोधमा बैतडीमा पनि प्रदर्शन

२०७३, २७ फाल्गुन शुक्रबार ०८:३९

विनोद सिंह विष्ट/फागुन २७, बैतडी । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागी कञ्चनपुरका एक युवकको मृत्यु भएपछी बिरोध स्वरुप बैतडीमा पनि आज प्रदर्शन गरेका छन । एसएसबीको गोली लागेर बिहीवार कञ्चनपुरको पुर्नवासमा स्थानिय पुनर्वास–८ का २८ वर्षका गोविन्द गौतमको ज्यान गएको बिरोधमा बैतडीको देहिमाण्डौंका युवाहरुले २ घण्टा चक्काजाम गरेका हुन । 

देहिमाण्र्डौ बजार व्यवस्थापन समितिका अध्यक्ष तेज सिंह बोहराका अनुसार स्थानिय युवाले आज मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गरेका हुन । यस्तै बैतडीमा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज विद्यार्थीले पनि भारतको ज्यादती बिरुद्घ विरोध गरेका छन । 

कलेजमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले आज एक विज्ञप्ती निकालेर नेपालकै भुमीमा समेत कल्भर्ट निर्माण गर्दा भारतले आफ्नो भुमि भनेर नेपालीमाथि गोली प्रहार गरी हत्या गरेकोले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । 

राष्ट्रियता ,स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ अभि बढेका नेपाली नागरिकलाई दिन नसक्ने सरकारको राजीनामा माग गरेको स्ववियु सभापती राजेन्द्र बम र सचिव खगेन्द्र कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै प्रविधिक विद्यार्थी संघ, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले पनि एक विज्ञप्ती निकालेर घटनाको विरोध गरेको छ । 

कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रमा रहेको नेपाली भूमिमा स्थानीय बासिन्दाले कल्भर्ट बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले कल्भर्ट बनाएको ठाउँ भारतको भन्दै स्थानीय बासिन्दालाई रोकेका थिए । त्यसपछि विवाद सुरु भएको थियो । 

विवादपछि बुधबार राति भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आएर नेपालीलाई कुटपिट गरेका थिए । त्यसको विरोधमा स्थानीय बासिन्दाले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दा र भारतको सीमा सुरक्षा बल एसएसबीबिच झडप हुँदा गौतमको बिहीवार गोली लागेर गएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ