Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ३०, बैतडी । </b>भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।&nbsp;<br></p><p>मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।&nbsp;</p><p>भारत, पिथौरागढ जिल्लाको विकट बुदीको सुवा भन्ने ठाउँमा उनीहरु फागृुन २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ । दुवैको शव परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको तथा बेपत्ताको खोजी जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ । रासस&nbsp;</p>