2026-07-25 01:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिल्ला स्तरबाट प्रवाह हुने सबै सेवा गाँउमै दिईने

नरी बडु/फागुन २२, बैतडी । जिल्ला स्तरबाट प्रवाह हुने सबै प्रकारका सरकारी सेवाहरु बैतडीका गाँउ–गाँउमा गएर दिईने भएको छ ।

जिल्लाको पुर्चौडी क्षेत्रमा आईतबार अर्थात फागुन २३ गते देखि सुरु हुन लागेको एकिकृत घुम्ती शिविरको मौका पारी सबै सरकारी सेवाहरु गाँउ–गाँउमा दिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाईमा जिल्लाको पुर्चौंडी क्षेत्रका विभिन्न ठाउंमा भाली अर्थात आईतबारबाट शिविर सञ्चालन हुन लागेको छ ।

आईतबार पहिलो दिन भूमिराज र हाट गाविस, २४ गते कुवाकोट र भटना, २५ गते न्वादेउ र महादेवस्थान र २६ गते हाट र मल्लादेहीमा शिविर सञ्चालन हुन लागेको वताईएको छ ।

शिविरमा जिल्ला स्तरबाट प्रवाह हुने सबै सरकारी सेवा दिईन लागेकाले स्थानिय स्तरका सबै सेवा लिन चाहाने सेवाग्राहिलाई बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गर्नुभएको छ ।

सरकारी क्षेत्रबाट जिल्लामा प्रदान गरिने सेवाहरु यस पटक स्थानीय जनताको घरदैलो मै पुगेर प्रदान गर्न लागिएको लागेको उहाँको भनाई रहेको छ ।

एकिकृत घुम्ती शिविर अन्र्तगत नागरिकता वितरण, मतदाता नामावलीमा नाम दर्ता, अपाङ्गता परिचय पत्र वितरण, स्वास्थ्य सेवा अन्र्तगत गर्भ जांच, आयुर्वेद क्लिनिक अन्र्तगत १९ प्रकारका औषधि वितरण गरिने भएको छ ।

शिविरमा माटो परिक्षण, प्लान्ट क्लिनिक संचालन, विभिन्न तरकारीका बीउ विजन, कृषि सम्बन्धि प्राविधिक सल्लाह दिईने जिल्ला कृर्षि विकास कार्यालयका योजना अधिकृत कर्ण वहादूर चन्दले बताए ।

शिविर संचालनको लागि सहायक प्रमुख जिल्ला अधिकरी टेक सिंह कुवंर नेतृत्वको जिल्लाका सरकारी कार्यालयका कर्मचारीको एक टोली आज पुर्चौंडी क्षेत्र गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक