<p><b>चैत १ सप्तरी ।</b> राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा मारुती भ्यानको ठक्करबाट पाँचवर्षीय बालकको आज मृत्यु भएको छ । <br></p><p>सप्तरी, मैनाकडेरी – ५ निवासी सुरेशप्रसाद साहका छोरा जीवछको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदहबाट राजविराजतर्फ आउँदै गरेको को १ च ६४२१ नंको गाडीले बालकलाई ठक्कर दिएको थियो । गाडी इलाका प्रहरी कार्यालय हनुमानगरले नियन्त्रणमा लिएको छ । रासस </p>
March 14, 2017
सप्तरी - SPT, समाज
बस दुर्घटनामा एक बालकको मृत्यु
By kit
1 मिनेट पढाइ










