पढ्न करिब 2 मिनेट लाग्छ

चैत्र १, बैतडी । विश्वका विभिन्न देशहरुजस्तै नेपालमा पनि स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तिपाईले (फाईलेरिया) रोग उन्मुलनका लागि देशका ३३ जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम सुरु हुने भएको छ ।

बैतडी लगायत आम औषधि सेवनको ६ चरण पुरा नगरेका जिल्लाहरुमा हात्तिपाईले विरुद्धको आम औषधि सेवन कार्यक्रम चैत्र ५ गते देखि ७ गते सम्म खुवाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

देशका १२ हिमाली र दुई पहाडी गरि १४ जिल्लामा हात्तिपाईले रोग छैन् । अन्य ६१ जिल्लामा भने हात्तिपाईले रोग स्वास्थ्य समस्याका रुपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख गुणराज अवस्थीले बताउनुभयो ।

नेपालमा रहेको कुल जनसंख्याको ९० प्रतिशत व्यक्तिहरुमा हात्तिपाईलेको संक्रमण रहेको अवस्थीले बताउनुभयो ।

हात्तिपाईले रोगको औषधि सेवन नगर्दा संक्रमित व्यक्तिको खुट्टा हात्तिको जस्तै मोटो हुने, यौनाङ्गहरु सुन्नीने, अपाङ्ग हुने तथा क्यान्सर हुने जस्ता खतरा हुने गरेको उहाँको भनाई छ ।

पोथि लाम्खुट्टेले सार्ने यो रोगको औषधि देशका ३३ जिल्लाहरुमा चैत्र ५ देखि ७ गते सम्म खुवाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हात्तिपाईले औषधि सेवान फोकल प्रशन सन्तोश पाण्डेयको भनाई छ ।

देशका २५ जिल्लाहरुले हात्तिपाईले रोगको आम औषधि सेवन कार्यक्रमको ६ चरण पुरा गरिसकेका छन् । यो औषधि दुई वर्ष नपुगेका बालवालिका, दिर्घरोगि तथा गर्भवती महिलाहरुले सेवन गर्न सकिने छ ।