Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ फाल्गुण २८ गते, बिहान ६:०९ बजे
बैतडी - BTD

बैतडीमा माटो खन्ने क्रममा ढीस्कोले पुरीएर एकको मृत्यू

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु, फाल्गुन २८, बैतडी । बैतडीको श्रीकोट गाविसमा माटो खन्ने क्रममा ढीस्कोले पुरीएर एक जना महिलाको मृत्यू भएको छ ।
श्रीकोट गाविस ४ सिल्लेगडा भन्ने ठाँउमा माटो खन्ने क्रममा माथिबाट आएको ढीस्कोले पुरीएर श्रीकोट ६ सिल्लेगडाकि २८ वर्षिय पशुपति भुलको मृत्यू भएको हो ।

आज(शुक्रबार) बिहान साढे ९ बजेतिर पशुपति माटोको ढीस्कोले पुरीएको र उनलाई खोचिलेक प्रहरीचौकिबाट प्रहरी निरिक्षक करन सिह धामीको नेतृत्वमा गएको टोलीले साढे १० बजे पछि निकालेको थियो ।

स्थानिय मोहन भुलकि श्रीमती रहेकी पशुपतिका २ छोरी र १ छोरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक मोहन प्रशाद पोखरेलले जानकारी दिए ।