2026-11-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुआहाराको पहिलो चरण सम्पन्न, पोषण क्षेत्रमा पुर्याएको सहयोगको चौतर्फी प्रशंसा

बिन्दु चन्द/फागुन ३०, बैतडी । बैतडी लगायत देशका विभिन्न जिल्लामा रहेका बालबालीकाहरुको पोषण क्षेत्रमा सुधार गर्न सञ्चालीत सुआहारा कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ ।

यूएसएआइडीद्वारा संञ्चालीत सुआहारा कार्यक्रमको पहिलो चरण सम्पन्न भएको बताईएको छ । जिल्लामा सबै क्षेत्रमा रहेका बालबालीको पोषण क्षेत्रमा सुधार, नमुना कृषकहरुको विकास, समाजमा रहेका आमाहरुको बानिव्यवहार परिवर्तमा महत्वपुर्ण भुमिका खेलेको सुआहाराको जिल्लावासिले चौतर्फि प्रशंसा गरेका छन् ।

प्रोजेक्ट सिमित समयको लागि र प्रभावकारी हुने भएकाले यसका योजनाहरुलाई स्थाई रुपमा रहेका कार्यालयहरुले संस्थागत गर्नुपर्ने पुर्व जिल्ला विकास समितीका सभापति एवम् सुआहाराको अनुभव आदान प्रदान कार्यक्रमका प्रमुख अथिति प्रमानन्द भट्टको भनाई छ ।

सुआहाराको लाभाम्बित समुदायपनि धेरै भएकाले नयाँ आउने चरमा पनि अझ प्रभावकारी बनाउन आफुहरुपनि प्रतिवद्ध रहेको उहाँको भनाई छ । जिल्लामा रहेका स्थानियमा कट्टरता भएकाले सकारात्मक कुरामा पनि कट्टर भयो भने यस्ले राम्रो नतिजा लिन सकिने कार्यक्रमका सभाध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।

सुआहाराले राम्रो काम गरेकाले दोस्रो चरणमा पनि बैतडीमा लागु हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थीले विश्वास गराउनुभएको छ । जिल्लामा रहेका सबै बालबालीका तथा आमाहरुको स्वास्थ्यमा सकारात्मक सन्देश दिएकाले स्थानियस्तरमा रहेका जनताहरुले सुआहाराको प्रसंसा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द