सागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न


सागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

सप्ताह व्यापी स्थापना दिवस मनाइरहेको उक्त सस्थाले प्यूठान जिल्ला अस्पतालको विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त कार्य गरेको हो । सस्थाको कार्यसमितिका ६ जनाले रक्तदान गरेका छन् । स्थापना दिवसको अवसर पारेर संस्थाका अध्यक्ष लोकबहादुर बस्नेतले समेत २३ औं पटक रक्तदान गरेको बताउनुभयो । 

पानी बनेर खेर जाने रगतले कोहि कसैको जिवन बच्ने भएकाले सबैले चिकित्सकको सल्लाहमा रक्तदान गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै निमित्त जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले ‘रक्तदान जिवनदान’ भन्ने नारा स्वास्थ्य नीति मै उल्लेख गरेकोले सबैलाई रक्तदान गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला अस्पतालको स्तरबृद्धिसँग रक्त संचार केन्द्रको महत्वपूर्ण भुमिका हुने भएकाले रक्त समुह बारे सबैले थाहा पाइराख्नु पर्नेमा जोड दिनुभयो । अस्पताल परिसरमै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले संचालन गरेको रक्त संचार केन्द्रमा सबैले आफ्नो नाम, सम्पर्क नं. र रक्त समुह दर्ता गरी राखेमा आवश्यक परेको खण्डमा विरामीले तत्काल रगत पाउन सक्ने शाखा सभापति गुमानराज पुलामीले बताउनुभयो ।

सोहि अवसरमा अस्पतालमा रहेको ४० जना विरामीहरुलाई फलफुल वितरण गरिएको छ । साथै अस्पताल परिसरमा खानेपानी सुविधाका लागि फिल्टर, जारहरु समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई