2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दलितमाथि हुने विभेद सहन हुदैन : एमाले सचिव भट्ट

10603475_495918643911522_4679064228227645852_n

नरी बडु, चैत्र ५ बैतडी ।  दलितमाथि हुने विभेद सहने परीपाटीले दलितमाथि हुने घटनामा बृद्धि हुने भएकाले यस्तो विभेद सहन नहुने नेकपा एमालेका जिल्ला सचिव लिलाधर भट्टको भनाई छ ।

रेडियो सनशेरको कार्यक्रम नागरीकको निगरानीसंग कुरा गर्दै उहाँले यस्तो धारण राखेका हुन् । साथिभाईमा माजाकमा हुने विभेदले पनि दलितमाथि हुने विभेदका घटनामा सघाउ पुर्याएको भन्दै विभेदलाइै मजाकका रुममा लिन नहुने उहाँको भनाई रहेको छ ।

अहिले बैतडी जिल्लामा तुलनात्मक रुपमा दलितमाथि हुने विभेदका घटनामा केहि कमि आएपनि अझै विभेद कायमै रहेको छ । रुढीबादी परम्पराले जडो गाडेको यस समाजमा रहेका व्यक्तिहरु औपचारीक रुपमा शिक्षीत भएपनि आधुनिक मानसिकतामा पुग्न नसक्दा नहुँदा समाजमा जातिय विभेदले जडो अड्काएको हो ।

सदरमुकाम र नजिकका क्षेत्रहरुमा दलित माथि हुने भेदभावका घटनाहरुमा केहि कमि आएपनि जिल्लाको विकट क्षेत्रका समुदायभने अझै पनि विभेद सहन बाध्य भएका छन् ।

समाजमा बहिस्कृत हुने डर, आर्थिक विपन्नता लगायतका कारणले दुर्गमका दलितहरुले विभेद सहन बाध्य भएका हुन् ।
जन वेला दलित समुदायमाथि विभेद हुन्छ त्यसै बेला विभेद गर्ने व्यक्तिलाई सचेत गराउदा यस्ता घटनामा कमी आउने सचिव भट्टको भनाई रहेको छ ।

यस्तै दलित अधिकारकर्मि अर्थात दलित तथा मानव अधिकारका लागि पुर्नजागरण साझा अभियानका अभियान्ता करन दयालले एकतिर राज्यका संयन्त्रहरुमा दलितलाई राम्रो तरीकाले हेरेपनि व्यवहारीक रुपमा विभेद कायम भएको र आफुहरुका क्षमता प्रस्तुत गर्न समेत नपाएको गुनासो गरेका छन् ।

बैतडीका दलित समुदायहरुले यस वर्षको जातिय विभेद उन्मुलन दिवस फरक तरीकाले अर्थात वृहत अन्तर संवाद कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

मार्च २१ अर्थात चैत्र ८ गते मनाईन लागेको ५१ औँ अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसमा ईलाकास्तरका दलित प्रतिनिधिहरुलाई बोलाई पिडाहरु प्रस्तुत गर्ने व्यक्तिहरुबाट घारण राखी फरक ढंगबाट संञ्चालन गर्न लागेको दिवस आयोजक समितीका संयोजक सरस्वति नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द