Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लामो समयपछि असिनासँगै हिउँ

२०७३, ५ चैत्र शनिबार ०४:०५

चैत ५, पाँचथर । धेरै वर्षपछि यहाँ हिउँ परेको छ । 

करिब एक दशकपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पु¥याएको किसान वताउँछन् । 

शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म हिउँ परेको देखेको थिइन, उहिल्यै बाजेले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउँथे तर हिजो आफँैले देखेँ ।” उहाँले थप्नुभयो, “हिउँ मात्रै नभएर हावा हुन्डरीसँगै असिना पानीसमेत परेकाले आफूहरुले लगाएको आलु, मकै बालीसमेतमा क्षति पुगेको छ ।” 

यस्तै लेकतिर मात्रै हिउँ पर्ने भनिए पनि शुक्रबार बेलुका भने बैंसीतिर पनि परेको छ । जिल्लाको दक्षिणी भेगका सराङडाँडा, मौवा, आङनालगायत क्षेत्रमा हिउँ परेको मौवाका बासिन्दा खड्ग थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सायद जलवायु परिवर्तनको असर हो कि के हो, पहिलो पटक हिउँ परेको थाहा पाइयो ।” हिउँ परेपछि त्यस क्षेत्रका बासिन्दा पौवाभन्ज्याङमा हिउँ खेल्न जान थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश