2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा ३५ वर्षीय छोराको कुटपिटबाट ६३ वर्षीय बाबुको मृत्यु

चैत ५, भक्तपुर । मध्यपुर थिमी नगरपालिका–८, पुरानो ठिमीमा छोराको कुटपिटबाट आज बाबुको मृत्यु भएको छ । 

गएराति श्रीकृष्ण प्रजापतिको आफ्नै घरमा घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई निजको छोरा ३५ वर्षीय कृष्णकुमार प्रजापतिले कुटपिट गरी गम्भीर घाइते भएका प्रजापतिको आज उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते प्रजापतिको राति नै कोरिया–नेपाल मैत्री अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको, र त्यहाँ पनि उपचार हुन नसकेपछि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारकै क्रममा प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले छोराको कुटपिटबाट बाबुको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुलेको बताउँदै प्रजापतिको उपचारकै क्रममा ज्यान गएको बताउनुभयो । 

प्रहरीले कुटपिटमा संलग्न मृतकका छोरा कृष्णकुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई