Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकमा चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ७, मेलम्ची ।</b> चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले आज दुई युवालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>चोरीको बा५२प ९४२७ नंको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।&nbsp;</p><p>उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ । रासस&nbsp;</p>