पढ्न करिब 3 मिनेट लाग्छ

पूर्णप्रसाद न्यौपाने / चैत्र ७,ओखलढुंगा ।वन डढेलो व्यवस्थापन सप्ताह ओखलढुंगामा विभिन्न कार्यक्रमहरु गरेर मनाईएको छ । जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महसंघ सहितका वन संग सम्बन्धित काम गर्ने निकाय र सामुदायिक वन उपभोक्ता समितिहरुले विभिन्न कार्यक्रम गरी सप्ताह मनाएका हुन् । चैत १ गतेदेखी ७गते सम्म वन डढेलो व्यवस्थापन सप्ताह जिल्लामा औपचारिक तथा अनौपचारिक फरक फरक चेतनामुलक कार्यक्रमहरु गरेर मनाईएको जिल्ला वन अधिकृत विरेन्द्र साहले जानकारी दिनुभयो ।

वन डढेलो व्यवस्थापन सप्ताहको अन्तीम दिन सोमबार वन डढेलो ब्यबस्थापन विषयक अन्तरक्रिया गरिएको छ । जिल्ला स्थित सरोकारवालाहरुको उल्लेख्य सहभभागितामा सदरमुकाम स्थित खाद्य गोदाम नजिकैबाट सुरु गरिएको ¥याली नगरपरिक्रमा गरि जिल्ला विकास समितिको सभाहलमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥याली पछि अन्तरक्रिया गरिएको हो । जिल्ला वन अधिकृत विरेन्द्र साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सबै राजनितीक दलका प्रमुख तथा प्रतिनिधी,पत्रकार सहितका सरोकारवालाहरुको उल्लेख्य सभागिता रहेको थियो ।

कार्यक्रमका सबैजसो वत्ताहरुले वनमा लाग्ने डढेलो, डढेलो नियन्त्रणका उपाय एवम् वन जंगललाई डढेलो लाग्नबाट कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा आ आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला वन कार्यालयका शुसान्त पोख्रेलले सबै मिलेमा डढेलोजन्य घटना न्यूनिकरण हुने भन्दै डढेलो जन्य घटना न्यूनिकरणका लागि एकजुट हुन आवहन गर्नुभएको थियो । निर्वाचन आचारसहिता लागु भईसकेको भन्दै दलका नेताहरुले भने बोल्न मानेन् । सचेतनाको कमीका कारण आगलागि जन्य घटनाहरु बढिरहेको सरोकारवालाहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले वन डढेलो भन्दा घर डढेलोको समस्या विकराल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो केहि समय यता जिल्लाका धेरै घरहरुमा आगलागिबाट लाखौँ बराबरको धममाल जलेर नष्ट भएको जानकारी दिँदै सचेतनाका कार्यक्रम वन डढेलोसँगै घर डढेलो केन्द्रित पनि सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । डढेलो व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग छलफल गरी समस्याहरु पत्ता लगाई सामाधान गर्न तर्फ लाग्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रत्येक बर्षको चैत्र १ गते देखि ७ गते सम्म वन डढेलो व्यवस्थापनका लागी वन डढेलो सप्ताह मनाउने गरिएको छ ।

सुख्खा तथा हावाहुरीको मौसममा सानो लापारवाहीको कारण वन जंगलमा भीषण डढेलो फैलिने र बालबालिकाको हेलचेक्राईका कारण घरहरुमा आगलागि हुने घटनाहरु बढ्दै गएका छन् ।