पूर्णप्रसाद न्यौपाने / चैत्र ७,ओखलढुंगा । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / चैत्र ७,ओखलढुंगा ।

2026-11-02 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा वन डढेलो व्यवस्थापन सप्ताह मनाइयो

पूर्णप्रसाद न्यौपाने / चैत्र ७,ओखलढुंगा ।वन डढेलो व्यवस्थापन सप्ताह ओखलढुंगामा विभिन्न कार्यक्रमहरु गरेर मनाईएको छ । जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महसंघ सहितका वन संग सम्बन्धित काम गर्ने निकाय र सामुदायिक वन उपभोक्ता समितिहरुले विभिन्न कार्यक्रम गरी सप्ताह मनाएका हुन् । चैत १ गतेदेखी ७गते सम्म वन डढेलो व्यवस्थापन सप्ताह जिल्लामा औपचारिक तथा अनौपचारिक फरक फरक चेतनामुलक कार्यक्रमहरु गरेर मनाईएको जिल्ला वन अधिकृत विरेन्द्र साहले जानकारी दिनुभयो । 


वन डढेलो व्यवस्थापन सप्ताहको अन्तीम दिन सोमबार वन डढेलो ब्यबस्थापन विषयक अन्तरक्रिया गरिएको छ । जिल्ला स्थित सरोकारवालाहरुको उल्लेख्य सहभभागितामा सदरमुकाम स्थित खाद्य गोदाम नजिकैबाट सुरु गरिएको ¥याली नगरपरिक्रमा गरि जिल्ला विकास समितिको सभाहलमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥याली पछि अन्तरक्रिया गरिएको हो । जिल्ला वन अधिकृत विरेन्द्र साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सबै राजनितीक दलका प्रमुख तथा प्रतिनिधी,पत्रकार सहितका सरोकारवालाहरुको उल्लेख्य सभागिता रहेको थियो । 

कार्यक्रमका सबैजसो वत्ताहरुले वनमा लाग्ने डढेलो, डढेलो नियन्त्रणका उपाय एवम् वन जंगललाई डढेलो लाग्नबाट कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा आ आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला वन कार्यालयका शुसान्त पोख्रेलले सबै मिलेमा डढेलोजन्य घटना न्यूनिकरण हुने भन्दै डढेलो जन्य घटना न्यूनिकरणका लागि एकजुट हुन आवहन गर्नुभएको थियो । निर्वाचन आचारसहिता लागु भईसकेको भन्दै दलका नेताहरुले भने बोल्न मानेन् । सचेतनाको कमीका कारण आगलागि जन्य घटनाहरु बढिरहेको सरोकारवालाहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले वन डढेलो भन्दा घर डढेलोको समस्या विकराल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो केहि समय यता जिल्लाका धेरै घरहरुमा आगलागिबाट लाखौँ बराबरको धममाल जलेर नष्ट भएको जानकारी दिँदै सचेतनाका कार्यक्रम वन डढेलोसँगै घर डढेलो केन्द्रित पनि सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो ।  डढेलो व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग छलफल गरी समस्याहरु पत्ता लगाई सामाधान गर्न तर्फ लाग्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रत्येक बर्षको चैत्र १ गते देखि ७ गते सम्म वन डढेलो व्यवस्थापनका लागी वन डढेलो सप्ताह मनाउने गरिएको छ । 

सुख्खा तथा हावाहुरीको मौसममा सानो लापारवाहीको कारण वन जंगलमा भीषण डढेलो फैलिने र बालबालिकाको हेलचेक्राईका कारण घरहरुमा आगलागि हुने घटनाहरु बढ्दै गएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द