2026-06-30 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दनपा प्रमुख बिहीन, छिटो प्रमुख नआए कार्यालयमा तालबन्दि गरीने

नरी बडु/चैत्र १२, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालीका विगत महिनौ देखि कार्यालय प्रमुख बिहीन हुदा स्थानिय जनताहरुले सास्ती भोक्नुपरेको छ ।

नगरपालीकामा विगत दुई महिनादेखि कार्यालय प्रमुख नआएपछि विकास निर्माण लगायत विभिन्न कार्यमा स्थानियले सास्ती भोग्नुपरेको हो ।

केहि समय अगाडी नगरपालीकाको कार्यकारीका रुपमा धर्मराज विनाडी काजमा आएपनि उनको छिटै अर्थात दुई महिना अगाडी काज फिता भएपछि नगरपालीका प्रमुख विहिन बनेको हो ।

अहिले नगरपालीका बाट हुने नागरीकता सिफरिस लगायत केहि कामहरु अन्य कर्मचारीहरुले गरेपछि आर्थिक वर्षको बजेट सम्बन्धि कुनैपनि काम हुन नसक्दा समस्या भएको नगरपालीकाका समाजिक विकास साखा प्रमुख विनोद बहादुर चन्दले बताउनुभयो ।

चन्दका अनुसार अहिलेसम्म स्थानिय विकास मन्त्रालयले कसैलाई पनि अक्तियारी नदिउको र यस्तै अवस्था रहे यस वर्षको बजेट फ्रिज जानसक्ने सम्भावना रहेको छ ।

आज बैतडी उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, गैसस महासंघ स्थानिय नागरीक समाज लगायतमा आबद्ध व्यक्तिहरुले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लिलाधर अधिकारी समक्ष यस बारेमा डेलिगेसन दिएका छन् ।

यतिका दिनसम्म पनि कार्यकारी नहुदा समस्या भएको र अझ पनि स्थानिय विकास मन्त्रालयले नगरपालीकामा कार्यकारीको व्यवस्था नगरे नगरपालीकामा तालाबन्दी गर्ने नेपाल उद्योग बाणीज्य संघका अध्यक्ष तथा स्थानिय नरबहादुर चन्दले बताउनुभयो ।

चन्दका अनुसार प्रमुख नहुँदा अहिले उक्त कार्यालयका कर्मचारीले पनि तलब लिन पाएका छैनन् । स्थानिय नागरीक समाजका प्रतिनिधिहरुले छिटो भन्दा छिटो दशरथचन्द नगरपालीकामा कार्यकारीको व्यवस्था गरी स्थानियको सेवा प्रवाहमा सजिलो गर्न माग गरेका छन् ।

डेलिगेसन दिन आएका सरोकारवालाहरुको गुनासोमा बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दशरथचन्द नगरपालीकाको कार्यकारीको सम्बन्धमा आफुले मन्त्रालयमा लिखित रुपमा माग गर्ने बताएका छन् ।

एक आर्को प्रसंगमा अधिकारीले जिल्लामा उपभोक्त समिती संग सम्झौता हुन बाकि योजनाहरु स्थानियले सम्झौता गर्न आएको खण्डमा सरकारी कार्यालयको तर्फबाट आलटाल भए आफुले त्यसतर्फ कदम चाल्ने बताउनुभयो ।

यस्तै डेलिगेसनमा गएको टोलिले नेपाल विद्युत प्राधिकरण बैतडीमा पनि लामो समयदेखि कार्यालय प्रमुख नभएको र प्राधिकरणले अनियमित रुपमा विद्युत कटौती गर्ने भएकाले पनि यस तर्फ ध्यान दिन प्रसासनलाई अग्रह गरेका थिए ।

धेरैजसो कार्यालय प्रमुखहरु अन्य कर्मचारीलाई पठाएर हुने गोष्ठीमा पनि आफै कुदिराख्ने गरेकाले त्यस्तो नगर्न आफुले पहल गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन