2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

युवा लक्षित कार्यक्रम सम्झौता गर्नमा ढिलाइ

चैत ८, धुलिखेल । जिल्ला पुशसेवा कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रमका लागि युवा व्यवसायीलाई लक्षित गरी वितरण गरेको कार्यक्रम सम्झौता गर्नमा ढिलाइ भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार आव २०७३/७४ मा विभिन्न २४ वटा शीर्षकमा गरी दुई सय १० वटालाई कार्यक्रम परेको सूचना एक महिना अगाडि नै प्रकाशित गरिएको थियो । “सूचना प्रकाशन गरेको एक महिना भयो, तर पनि सम्बन्धित पक्ष सम्झौता गर्न आउने क्रम चलिरहेको छ,” कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले भन्नुभयो । 

सोमबारसम्ममा ४३ जनाले मात्रै सम्झौता गरेका छन् । योजना परेकाको पनि सम्झौताअनुसारको बस्तु नभएको, भएकाको बिमा नभएको र खोर नभएका पाइएको छ । कार्यालयले गत फागुन १ गते अनुदान वितरणको सूचना प्रकाशित गरेको थियो । 

सहकारी र फार्मको सङ्ख्या कम र व्यक्तिलाई बढी योजना वितरण गरेको श्रेष्ठले बताउनुभयो । सम्झौताका लागि आउनेको तोकेअनुरुपको बस्तुको सङ्ख्या नपुगेको र कतिपयको कागजात नै अपुग भएका कारण ढिलाइ भएको हो । योजनामा पर्ने कार्यक्रममा रु आठ लाखदेखि रु पाँच हजारसम्मको अनुदान व्यवस्था छ । 

पशुसेवा कार्यालयले चालु आवमा सबैभन्दा बढी अनुदान सहकारी कार्यक्रमअन्तर्गत बङ्गुरपालन र कुखुरापालनका लागि रु आठ लाख ३० हजार रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई