2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा लागुऔषधसहित पाँचजना पक्राउ

चैत ९, भक्तपुर ।  महानगरीय प्रहरी वृत्त ठिमीले विभिन्न नामका अवैध लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–२ बोडे बस्ने ३० वर्षीया लक्ष्मी श्रेष्ठ (अनिता), भक्तपुर नगरपालिका–३ बस्ने २२ वर्षीय लक्ष्मण कर्माचार्य रहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

त्यसैगरी लिसिखु–९ सिन्धुपाल्चोक घर भई मध्यपुरठिमी बोडे बस्ने २३ वर्षीय नारायण उप्रेती, मध्यपुरठिमी बोडे–२ का २२ वर्षीय निरोज कर्माचार्य, बोडे–५ का २४ वर्षीय राकेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमध्ये ६ वर्षअघि पनि लागुऔषध बिक्री–वितरणमा प्रहरीले पक्राउ गरी कारबाही भोगेकी लक्ष्मी श्रेष्ठले वीरगन्जबाट आगुऔषध ल्याउने र लक्ष्मण कर्माचार्यले बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले उप्रेती, कर्माचार्य र महर्जनलाई भने लागुऔषध खरिद गरी सेवन गर्ने गरेको अभियोगमा पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई