२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हतियार बुझाउन बाँकेका सर्वसाधारणलाई आग्रह

२०७३, ९ चैत्र बुधबार ०७:३१

चैत ९, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

“स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल हातहतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले सम्पूर्ण नागरिकलाई हातहतियार बुझाउनका लागि अनुरोध गरेका हौँ”, सहायक प्रजिअ कृष्णबहादुर खड्काले भन्नुभयो “सूचना प्राप्त गरेपछि यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगी हतियार बुझाइदिनुहोला ।” 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ । स्थानीय प्रशासनले समयमै हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने समेत जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ