2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गरिबीले उपचार नहुँदा युवक खोरभित्र

हरिकुमार राई/चैत १०, उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन् । 

यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धनराज विकले बताए । २०६५ साल अघिसम्म मानसिक रुपमा स्वस्थ रहेका शिवराज २०६५ को फागुन महिनातिर विस्तारै मानसिक सन्तुलन गुामाएपछि उनलाई घरपरिवारले सामान्य उपचार गर्दै आएका थिए । 

आर्थिक अभावका कारण शिवराजलाई अन्यत्र अस्पतालमा लगेर उपचार गर्न नसक्दा घरनजिकै खोर बनाएर राख्दै आएको स्थानीय धनराज विक बताउँछन् । 

केही आर्थिक सहयोग भएमात्र पनि शिवराजलाई अन्यत्र ठूला अस्पताल वा भारतमा लगेर उपचार गराउन सकिने भएता पनि खर्चको अभावमा अहिलेसम्म ठूला अस्पतालमा लगेर उपचार गराउन नसकिएको कुरा स्वयम् शिवराजका बुबा रामकुमार विकले बताउनुभयो । 

रामकुमार भन्नुहुन्छ, “घरको उत्पादनले राम्ररी गुजारा नै चल्दैन, ठूलो छोरो शिवराज आफैँ बर्बाद भयो, अर्को कान्छो छोरो पनि काठमाडौँतिर मजदुरी गरेर खान्छ, कसले खर्च दिन्छ र यो ठूलो छोरोको उपचार गराउनु, बडो समस्यामा छु ।” 

आफूहरु बूढाबूढीमात्र घरमा रहेको र आफूहरुको समेत हातखुट्टा चल्न कमजोर भइसकेकाले घरमा काम गरेर खुवाउने मान्छे समेत नहुँदा झनै छोराको उपचार हुन नसकेको शिवराजका बुबा रामकुमार विकले दुखेसो समेत गर्नुभयो । 

रु चार/पाँच लाखसम्म पनि आर्थिक सहयोग गर्ने दाता भए शिवराजको उपचार हुनसक्ने छिमेकीको समेत धारणा रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई