१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

SLC को पहिलो दिन बैतडीमा २ सय १९ परीक्षार्थि अनुपस्थीत

१८ चैत्र २०७२, बिहीबार १४:०६

slcलक्ष्मी विजले/चैत्र १८, बैतडी ।
आज (SLC) एसएलसीको पहिलो बैतडीमा २ सय १९ परिक्षार्थि अनुपस्थीत रहेका छन् ।

यस वर्षको एसएलसी परीक्षामा जिल्लाभरीमा नियमित तर्फ ५ हजार ६२ जना र एक्जाम्टेड तर्फ दुई हजार ८ सय २९ जना गरी जम्मा ८ हजार २ सय ९१ जना परिक्षर्थी परिक्षामा सहभागि भएका थिए ।

यस्तै बैतडी मा एसएलसी शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षार्थीहरुले विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय थियो ।

जिल्लाका विभिन्न स्थानमा २५ वटा परीक्षा केन्द्र तोकिएको र सबै परीक्षा केन्द्रमा सान्तपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि बैतडीमा २५ केन्द्राध्यक्ष, ४२ जना सहायक केन्द्राध्यक्ष र ३ सय ६६ निरीक्षक, १ सय ६९ जना कार्यालय सहयोगी र तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

नियमित तर्फ ८१ जना र ईक्जामटेडतर्फ १ सय ३८ गरि आज पहिलोदिन २ सय १९ जना अनुपस्थित रहेको पाईएको जिल्ला शिक्षा कार्यालयका विदालय निरिक्षक शंकरदत्त जोशीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’ अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत