2026-06-29 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेपाली नोटबारे नेपाली नै अनविज्ञ, भारतीय नोटको कारोबार हाबि

moneyनरी बडु/चैत्र २०, बैतडी ।
नेपाली बजारमा नेपाली नोटको नै कारोबार हुनु पर्ने भएपनि बैतडीको दुर्गम क्षेत्रमा पर्ने केही गाविसहरुमा भने नेपाली नोटबारे नेपाली नै अनविज्ञ छन् ।

जिल्ला सदरमुकाम देखि तिन दिनको पैदल यात्रमा पर्ने बैतडीको कुलाउ, पञ्चेश्वर, माहाकाली, शर्माली लगायतका गाविसका स्थानियहरुको दैनिक किनवेचनै भारतिय बजारबाट हुने गरेकाले त्यस क्षेत्रको नेपाली बजारमा समेत अहिले भारतिय नोटको मात्र कारोबार हुने गरेको छ ।

प्राय नेपाली नागरीकता र पासपोर्टका लागि मात्रै बैतडी सदरमुकाम पुग्ने त्यस क्षेत्रका स्थानिय दैनिक किनबेचका समानको लागि भने माहाकालीमा डुङ्गाको साहाराले भारतीय बजार जाने गर्दछन् ।

यसरी सरकारी कामबाहेक अन्य कामको लागि भारत नै जानुपर्ने बाध्यता भएकाले पनि आफुहरु नेपाली नोटबार अनविज्ञ रहेको बैतडीको कुलाउका स्थानिय कमली सार्किले बताईन् ।

आफुले किन्नुपर्ने दैनिक उपभोग्यका समाग्रीहरु र आफुले उत्पादन गरेका घिउ, केरा लगायतका अन्य समाग्रीहरुको किनबेच गर्न पनि नेपाली बजार भन्दा भारतिय बजार धेरै नजिक र सस्तो मुल्यमा पनि किन्न सकिने भएकाले आफुहरु भारत जाने गरको सार्किको भनाई छ ।

पहिले बैतडीको दुर्गम क्षेत्रमा पर्ने धेरै गाविसहरुमा भारतिय नोटको मात्रै कारोबार हुने गरेको भएपनि अहिले केही गाविसहरुमा भने नेपाली नोटको समेत कारोबार हुदै आएको छ । भारतिय मुद्रामा मात्रै हिसाब हुने उक्त क्षेत्रका जादा अन्य व्यक्तिहरु अल्मलमा पर्ने गर्दछन् ।

त्यस क्षत्रमा अहिले गा्रहाकले सामान किनीसकेपछि कतिभयो भनि सोधेको प्रतिउत्तरमा विक्रेताले दिएको जवाफ सोरुप नेपाली पैसा दिदा व्यपारी हरुले मान्ने गरेका छैनन्

“चिया खाएर कतिभयो भनी सोध्दा व्यापारीले भन्यो हजुर १० भयो तर नोपाली २० रुपयाँ दिए त व्यारीले मलाई ४ रुपयाँ मात्रै फिर्ता दियो मत अचम्म परे ” सेवा बैतडीका धरणीघर भट्ट भन्छन्  ।

अहिले पाटन पञ्चेश्वर सडक खण्ड मेलौलीमा पुगेका कारण केही नजिक भएकाले मात्रै अलिकती भएपनि त्यहाँका स्थानिय वासि नेपाली नोट चिन्न थालेका छन् ।
त्यस क्षत्रका केहि व्यक्तिहरुमात्रै नेपाल सरकारको जागिर खाने भएपनि प्राय सबै व्यक्तिहरुको रोजगारीको प्रमुख गन्तव्य भनेको भारतका विभिन्न सहरहरुनै रहेका छन् ।

अन्य देशमा भन्दा पनि भारतमा जान सजिलो र कमाईपनि राम्रो हुने भएकाले यहाँका अधिकांस युवाहरु कामको सिलसीलामा भारत जाने गरेको कुलाउ उमाविका प्रधानाध्यपक गोरख बहादुर चन्दले बताए ।

अहिले त्यहाँबाट रोजगारीको सिलसीलामा भारत गएका युवाहरुले कम्तीमा १० हजार भारतिय रुपयाँ देखि मासीक १ लाख सम्म आम्दानि गर्ने गरेको चन्दको भनाई छ ।

उहाँका अनुसार चाउचाउ, रक्सी र चुरोट मात्रै नेपाल बाट माहाकाली सीमा हुदै भारत गएपनि अरु सबै समानहरु भने भारतबाटै निर्यात हुने गर्दछन् ।

जिल्लाको दुर्गममा पर्ने गाविसहरुमा नेपाल सरकारको पहुँच नपुग्दा र स्थानिय युवाहरुको रोजगारीको गन्तव्यनै भारत भएकाले नेपाली नोटको कारोबार हुन नसकेको शिक्षक चन्दले बताए ।

अहिले त्यस क्षेत्रका करीब ८० प्रतिशत युवा जनशक्ति भारतका विभिन्न सहरहरुमा काम गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ