2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी अस्पतालमा जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी

चैत्र २०, बैतडी ।
जिल्ला अस्पताल बैतडीमा सरसफाई गर्ने एक महिलाले विरामीमाथि जातीय विभेद गरेको उजुरी परेको छ ।

जिल्ला अस्पताल बैतडीमा कार्यालय सहयोगीको रुपमा कार्यरत गंगा थापाले जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

पाँच दिन देखि जिल्ला अस्पताल बैतडीमा उपचार गराई रहेकी दशरथ चन्द नगरपालिका–१ बैतडीका ७६ वर्षीय कुन्तीदेवी वड गम्भीर विरामी परी अक्सिजन र सलाईन दिएर उपचार भैरहेका बेला बुहारी कृष्णा वडले शौचालय लैजाने क्रममा अस्पतालमा सरसफाई गर्ने महिला गंगा थापाले तिमीहरु दलित डुम हौ भन्दै गाली गलौज गरी जातीय विभेद गरेको पीडितले बताएका छन् ।

७६ वर्षिय विरामी कुन्तीदेवीका छोरा मानसिंह र बुहारी कृष्णा वड कुरुवा रहेका छन् ।

चार दिनदेखि आमालाई दिशा नभएकाले डाक्टरले दिशा खुल्ने औषधि दिएपछि उनलाई पिठ्युमा बोकेर शौचालय लैजान खोज्दा डुम भन्दै सरसफाई गर्ने महिलाले विभेद गरेको पिडीत मानसिंह वडले बताउनुभयो ।

तर कार्यालय सहयोगि गंगाले भने पुरुषको सौचालयमा महिला जाँदा नजाउमात्र भनेको तर आफुले कुनै जातिय विभेद नगरेको बताएकि छिन् । पटक पटक पुरुषको सौचालयमा नजाउ भन्दा भन्दै पनि नमानेकाले आफुले भनेको पनि नसुन्ने तपाँई कस्तो जातिको व्यक्ति हो भनेको तर त्यो भनाई संयोगमात्र भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई