चैत ११, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुले उचित व्यवहारिक शिक्षा दिक्षा तथा अवसर पाएमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ११, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुले उचित व्यवहारिक शिक्षा दिक्षा तथा अवसर पाएमा स"/>

2026-11-02 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चलको साधारण सभा


चैत ११, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुले उचित व्यवहारिक शिक्षा दिक्षा तथा अवसर पाएमा समाजको जुनसुकै क्षेत्रमा पनि नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्ने भन्दै समान व्यवाहारको  खाँचो रहेको बताएका छन् । 

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चलको नवौ बार्षिक साधारण सभाको बुटवलमा समुद्घाटन गर्दै उनले कुनै पनि अवसरबाट अपाङ्गता भएका व्याक्तिहरु बञ्चित हन नहुने बताएका थिए । उनले पछिल्लो समयमा स्थानिय निकाय पुर्नसंरचनाको विषयमा अगाडी आएको तर त्यसमा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीताको विषयमा ठोस कमद अगाडी नबढाइएको भन्दै यसको लागि स्थानिय स्तरबाट राजनीतिक दलहरुमा दबाब सृजना गुर्नुपर्ने धारणा राखे । उनले भने–‘स्थानिय  निकायमा पनि अपाङ्गता भएका व्याक्तिहरुको  अनिवार्य सहभागीता जरुरीर रहेको छ, यसमा सबैको पहल आवश्यक छ ।’ 

कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अपाङ्गता भएका व्याक्तिहरुको हक अधिकार सुनिश्चिताको लागि केही पनि कमी नहुने  प्रतिवद्वता जनाएका थिए । उनले अपाङ्गता हुदैमा कोही पनि कमजोर  नहुने भन्दै यसको लागि अपाङ्गता भएका व्याक्तिहरुले हिनता बोध नराखि दृण संकल्पका साथ अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा  क्षेत्रीय अध्यक्ष कल्पना ढकालले महासंघले गर्दै आएका विभिन्न क्रियाकलापहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका  योजना अनुगमन अधिकृत विष्णु प्रसाद ढुंगाना, बुटवल उपमहानरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरतमण्ी पाण्डे, राष्ट्रिय  अपाङ्ग महासंघका  केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोख्रेल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष  दघिराम खरेल, क्षेत्रीय सचिव सुरेन्द्र खत्री, महिला तथा वालवालकिा कार्यालय रुपन्देहीकीप  प्रखुख मैया गुरुङ्ग लगायतले बालेका थिए । 

कार्यक्रममा  अपाङ्गता अभियान्तको रुपमा आत्मराम पौडेल, परेश्वर ढकाल, मैया लम्साल, प्रकाश पन्त लाई सम्मान गरिएको थियो । 

यस्तै सहयोगी दाताहरु शक्ति प्रसाद सापकोटा, पुष्पा सापकोटा, निखिल चेतना केन्द्र, सौदर्यकला व्यवसायी संघलाई पनि सम्मान गरिएको राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय संयोजक सावित्र घिमिरेले जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द