२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माहाधिवेसनका बेलाको प्रतिसोध अन्त्य हुनुपर्छ : सभापती चन्द

२०७२, २२ चैत्र सोमबार १४:३६

184490_460102724049861_1380684417_nनरी बडु/ चैत्र २२, बैतडी ।
पार्टी बलियो हुन १३ औँ माहाधिवेवनका बेलाको प्रतिसोध अन्त्य हुन जरुरी रहेको युवा नेता एवम नेपाली काग्रेस क्षेत्र नं. २ का सभापति तेजबहादुर चन्दले बताउनुभएको छ ।

बैतडी जिल्ला गाँउ एकाईहरुका सभापतिको भेलाको पुर्व सन्ध्यामा पत्रकारहरु संग कुरा गर्दै चन्दले यस्तो बताउनुभएको हो । पार्टीलाई भित्र देखिएका प्रतिसोधका भावनाहरुलाई निर्मुल गर्दै संगठनलाई बलियो बनाउने उद्देश्यले सोमबार गाँए एकाईका सभापतिहरुको भेला गरीएको उहाँले बताउनुभयो ।

भेलामा बैतडी जिल्ला क्षेत्रनंम्बर १ का सभापति गौरीसंकर रावल र क्षेत्र नम्बर २ का सभापति तेजबहादुर चन्दले संयुक्त रुपमा तयार पारेको पार्टी सुदृढिकरण प्रस्ताव समेत प्रस्तुत गरीएको छ ।

“पार्टी बलीयो बनाउन गाँउ एकाईको महत्वपुर्ण भुमिका हुने भएकाले गाँउ एकाई कार्यसमितीका सभापतिको भेला आयोजना गरेका हौँ ”  क्षेत्र नं. १ का सभापति गौरीसंकर रावलले भने ।

चन्दले पार्टीलाई आर्थिक रुपमा बलियो बनाउन गाँउ एकाई कमिटीका सम्पुर्ण सदस्यहरुले दैनिक रु २ तथा क्षेत्रिय प्रतिनिधिहरुले दैनिक रु ५ लेबी अर्थाल पार्टीको लागि संचित गर्ने, युवा नेतृत्वलाई क्रियासिल बनाउने, पार्टीभित्र देखिएको प्रतिसोधको भावनालाई मित्रतामा परिणत गर्ने, सबैलाई मिलाएर लैजाने लगायतका महत्वपुर्ण प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

बिचारमा सबल भएका तर आर्थिक रुपले कमजोर भएका व्यक्तिहरुको विचार कम्जोर हुन नदिन लेबि अर्था आर्थिक संचय गर्ने प्रस्ताव गरीएको उहाँको भनाई छ ।

पार्टीलाई बलियो बनाउन अहिले नेपाली काग्रेसका भातृ संगठनहरुलाई क्रियासील बनाउनुपर्नेमा समेत चन्दले जोड दिनुभएको छ । सबैभन्दा पहिले शैक्षिक स्तर बलियो बनाएर पार्टीमा क्रियासिल हुन चन्दले विद्यार्थि नेताहरुलाई आग्रह गरेका छन् ।

पार्टीभित्र बेचारिक बहसको क्षमता बढाउन, तार्किक रुपमा प्रस्ट विचार राख्न सक्ने सवल र सक्षम नेता बनाउन पार्टीको आन्तरिक पुस्तकालयको व्यवस्था मिलाउने प्रस्ताव समेत क्षेत्रिय सभापति द्वयको हस्ताक्षरीत प्रस्तावमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ