Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २२ गते, दिउँसो २:४६ बजे
बैतडी - BTD

निशुल्क सिविरमा ११ जनाको सफल अप्रेसन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु, चैत्र २२ बैतडी ।
चैत्र २१ अर्थात हिजोबाट जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा सुरु गरीएको पाठेघर तथा आङ खसेका महिलाहरुको निशुल्क सल्लेक्रिया सिविरमा ११ जनाको अपरेसन सफल भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको सहयोग, सुदूरपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपाय डोटीको अयोजनामा संञ्चालन गरीएको उक्त सिविरमा आजसम्म ११ जनाको अपरेसन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

चैत्र २७ गते सम्म संञ्चालन हुने सिविरमा विरामी आउने क्रम जारी रहेको र कसैको पाठेघर आङ खसेको भए निशुल्क सल्लेक्रिया सिविरमा आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

नेपालगंञ्ज मेडिकल कलेजका विषेसज्ञ डक्टरहरुद्वारा निशुल्क सल्लेक्रिया गराईने सिविर सिमित समयकाले संञ्चालन गरीएको हुदा समयमानै सम्पर्क राख्न जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले बताउनुभयो ।