2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आगलागिका घटना न्यूनीकरणका लागि बैतडीमा प्रहरी सचेतना गराउदै

बैशाख १६, बैतडी । आगलागिका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले सचेतना मूलक कार्यक्रम संचालनमा ल्याएको छ । आगलागिका कारण धेरै धनजनको क्षति हुनेभएकाले यसको न्यूनीकरणका लागि अभियान संचालन गरिएको हो । प्रहरी नायव निरीक्षक खेमराज पन्तको नेतृत्वमा रहेको टोलीले जिल्लाका विभिन्न स्थानमा माइकिङ गरिरहेको छ ।

यसका साथै प्रहरीका सबै इकाइहरुले सचेतनामूलक कार्यक्रम संचालन गरीरहेको प्रहरी नायव निरीक्षक पन्तले बताउनुभएको छ । स्थानीयहरुले निजी वनमा आगो लगाउने र पछि त्यो आगो नियन्त्रण नहुँदा वन क्षेत्रमा पस्ने गरेको उहाँको भनाई छ । आगो नियन्त्रण बाहिर गएपछि मात्रै प्रहरीलाई खबर हुने भएकाले आगलागिका घटना बढेको प्रहरीको भनाई छ ।

प्रहरीले थालेको सचेतनामूलक अभियान सहयोग गरी आगलागि न्यूनीकरणमा लाग्न प्रहरीले सबैमा आग्रह गरेको छ । वन ऐन २०४९ अनुसार वनमा आगो लगाउनु अपराध भएकाले कसैले जानीजानी वनमा आगो लगाएमा कानुनी कारवाही गरिने प्रहरी नायव निरीक्षक पन्तले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई