2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पत्रकार लामालाई ज्यान मार्ने धम्की दिने सुकमाया विरुद्ध उजुरी

बिमल धामी/चैत १३, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा बिगत ७ वर्षदेखि पत्रकारिता गर्दै आएका रञ्जित लामालाई एक्कासी ज्यान मार्ने धम्की आएको छ । समाचारको विषयलाई लिएर पत्रकार लामालाई शुक्रवार फोनबाट ज्यान मार्ने धम्की आएको हो । 

धम्की दिने पुनर्वास नगरपालिका–१२, आई.बी.आर.डी. की अन्दाजी ४० वर्षीय काली भनिने सुकमाया मोक्तान रहेका छन् । पत्रकार लामाले आफुलाई शुक्रबार ९८०९४६११६१ नम्बरको मोवाईलबाट मोक्तानले ज्यान मार्ने धम्की दिएको बताए । ‘मलाई मोक्तानले यो टेलिफोन नम्बर प्रयोग गरेर पुनर्वास आए ज्यान मार्ने धम्की दिइकी हुन्, ‘उनले भने, ‘म कानूनी प्रकृयामा जान्छु ।

पत्रकार लामाले आफ्नो ज्यानको सुरक्षाका लागि पत्रकार महासंघ कञ्चनपुरलाई आईतबार ध्यानाकर्षण गराउँदै मोक्तानबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता समेत गरेका छन् । 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत रहेका पत्रकार लामाले पत्रकार महासंघ कञ्चनपुर शाखामा ज्यान मार्ने विषयमा निवेदन दिएपछि महासंघ कञ्चनपुरले समेत घटनामा गम्भीर भएको जनाएको छ । 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले समाचारकै विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु गलत भएको टिप्पणी गर्दै समाचारमा केही त्रुटी भए सम्बन्धित पत्रकार र सञ्चार माध्यम बिरुद्ध सम्बन्धित निकायमा कार्बाहीका लागि उजुरी दिन सकिने प्रावधान भएपनि पत्रकार लामालाई फोन मार्फत धम्की दिने कार्यको महासंघ घोर बिरोध गर्दछ ।’ उनले भने, ‘कानून हुँदा हुँदै कानुनको बिरुद्धमा जाने जो सुकैलाई पनि कार्बाही गर्नुपर्छ ।’ उनले भने ।

हेलो पुनर्वास साप्ताहिकका सम्पादक÷प्रकाशक र सेती समाचार दैनिक धनगढीका कार्यकारी सम्पादक समेत रहेका लामाको घर पनि पुनर्वास नगरपालिका–१२, आई.बी.आरडी. मै हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नैनसिंह कार्कीले पत्रकार लामालाई धम्की दिने बिरुद्ध कार्बाही थालिने बताए । डिएसपी कार्कीले दोषीलाई कार्बाही गरिने बचन दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई