2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका पहिरो पिडीतलाई रेडियो सेट वितरण


सागर शर्मा/चैत १५, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले महासंघको ६२ औं स्थापना दिवसको अवसरमा प्युठान फोप्लीका बाढिपहिरो पीडितलाई रेडियो सेट वितरण गरेको छ । 

यस क्षेत्रका ८० परिवारलाई फोप्लीको पिपलबोटमा एक कार्यक्रमकावीच बुधवार रेडियो सेट वितरण  गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान उपाध्यक्ष एलवी थापाले जानकारी दिनुभयो । 

सुचनाका पहुच पुगोस  भन्ने उद्देश्यले रेडियो सेट वितरण  गरिएको महासंघ प्यठान शाखाका अध्यक्ष महाविर रानाले जानकारी दिनुभयो । साथै बाढिपहिरोमा आफन्त  गुमाएका र घरवास विहिन भएकाहरुको अझै पुर्न स्थापना हुन नसकिरहेको प्रति सरोकारवालाहरुको ध्यानाकर्ष गराउनका लागि समेत पीडितकै घरदैलोमा पुगेको उनले बताए ।  रेडियो सेट प्रदान गर्नका लागि राप्ती समाज जापानले ५० हजार सहयोग उपलब्ध गराएको थियो । 

सोहि अवसरमा बाढिपहिरो पीडितहरुको पुर्नःवासका लागि भैरहेको पहलका बारेमा पनि छलफल भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा र कारितास नेपाल फुलवारी एकीकृत ग्रामीण विकास संस्था मार्फत आवस गृह निर्माणका विषयमा पीडितहरुसँग अन्तरक्रिया गरिएको छ ।  

डिभिजन कार्यालय मार्फत २६ विपन्न दलित परिवार र कारितास मार्फत ५० घर परिवारलाई घर निर्माणका लागि सहयोग गर्ने बताएका छन । साथै महासंघको स्थापना दिवस अवसर पारेर बुधवार  विहान जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम समेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई