2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा नि:शुल्क आँखा शिविर: सयौँको उपचार गरियो

चैत १९, चौतारा । सिन्धुपाल्चोकको जलबिरेमा शुक्रबार आयोजित निःशुल्क आँखा शिविरमा छ सय ८४ जनाले उपचार पाएका छन् । 

कमजोर आर्थिक अवस्था र विभिन्न कारणले राजधानीमा गई उपचार गर्न असमर्थ जलबिरे तथा आसपासका बासिन्दाले निःशुल्क आँखा उपचार पाएका हुन् । बलेफी गाउँपालिकाअन्तर्गत साबिक जलबिरे गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित पाँचदिने सो शिविरमा छ सय १० को सामान्य उपचार र ६३ जनाको मोतिबिन्दुको शल्यक्रिया भएको थियो । 

सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोकको संयोजनमा बिपी कोइराला नेत्र अध्ययन केन्द्र त्रिविवि शिक्षण अस्पताल र बिपी स्मृति स्वास्थ्य प्रतिष्ठानद्वारा आयोजित सो शिविरमा प्रतिष्ठानका प्रमुख उपप्राध्यापक डा रञ्जु सिटौलाको नेतृत्वमा १४ चिकित्सकको सहभागिता थियो । 

शिविरमा शल्यक्रिया गर्नुपर्ने ११ बिरामीलाई त्रिविवि शिक्षण अस्पतालमा पठाइएको र त्यहाँ परीक्षण गरेका सबै बिरामीलाई सो अस्पतालमा निःशुल्क उपचार गरिने समाजका अध्यक्ष भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई