पढ्न करिब 2 मिनेट लाग्छ

सागर शर्मा/चैत १९, प्यूठान । गौतम बुद्धको शान्तिको सन्देश फैलाउन आज खलंगामा प्रवचन कार्यक्रम गरिएको छ ।

धर्मशिला बुद्ध विहार ज्ञानमाला संघ पोखराको आयोजनामा जिल्ला स्थित बौद्धमार्गी र स्थानीयको उपस्थितीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बुद्धको शान्तिको सन्देश प्यूठानमा स्थापित गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुक धर्म निरपेक्ष भइसकेको भएपनि शान्तिको लागि बुद्ध दर्शन महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा गैसस महासंघ प्यूठानका अध्यक्ष रमेश कुमार श्रेष्ठ, आदिवासी जनजाति महासंघ प्यूठानका सल्लाहकार टि.एस. गुरुङले जिल्लामा बौद्ध विहार निर्माणको लागि प्रक्रिया अगाडी बढेको बताउनुभयो ।

शानमाला संघका अध्यक्ष विक्रम उदासको अध्यक्षतामा भएको कार्यक्रममा भिक्षु…. ले प्रवचन दिनुभएको थियो । उहाँले प्रवचनको क्रममा प्यूठान बाट बग्ने झिमरुक नदीको अर्को नाम अचुरवती रहेको उल्लेख गर्नुभयो ।

झिमरुक हुँदै बगेको राप्ती नदिलाई भारतमा अचुरवती नामले चिनिने गरे भन्दै त्यससँग गौतम बुद्धको निकै ठूलो सम्वन्ध रहेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा बौद्ध पुजा, बुद्ध धर्म र शान्ति सँग सम्वन्धित भजन प्रस्तुत गरिएको थियो ।

बुद्ध दर्शनको प्रचारका लागि पाल्पा, प्यूठान, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, धनगढी र लुम्वीनि हुँदै पोखरा पुग्ने कार्यक्रम रहेको संघका अध्यक्ष विक्रम उदासले जानकारी दिनुभयो ।