Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकमा चट्याङ लागेर सासुको मृत्यु, बुहारी घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २०, सिन्धुपाल्चोक । </b>शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।&nbsp;<br></p><p>मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।&nbsp;</p><p>घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ । रासस&nbsp;</p>