2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका विद्यार्थी पाठ्यपुस्तक विनानै परिक्षा दिन वाध्य

शम्सेर विक्रम जि.सी | चैत २१, प्यूठान | शैक्षिक सत्र सुरु हुन केहिदिन वाकि हुदा प्यूठान जिल्लामा पाठय पुस्तकको अभाव देखिन थालेको छ । यस वर्षको शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र वाकि रहदासम्म प्यूठान जिल्लामा अहिले सम्म कुनैपनि विद्यालयमा पाठय पुस्तक पुग्न सकेका छैनन् । विगतका वर्षहरुमा जिल्लामा विद्यार्थीहरुले पाठ्यपुस्तक विनानै पढ्न वाध्य भएको तितो यथार्थ जिवित रहिरदा समेत जिल्ला शिक्षा कार्यालय प्यूठानले यस शैक्षिक शत्रमा पनि पाठ्यपुस्तक पठाउन नसक्नेहो कि भन्नेमा विद्यार्थी तथा अभिभावकहरु चिन्तामा परेका छन् । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सम्पुर्ण विद्यालयलाई पुग्ने गरि पाठ्यपुस्तकको ब्यवस्था गर्न नसक्दा समस्या देखिएको छ ।

अन्तिम परिक्षाको दिनसम्म विद्यार्थीको हातमा किताव पुर्याउन धौ धौ पर्ने जिल्ला शिक्षा कार्यालय यस पटकपनि किताबहरुको विषयमा कुनै कदम अझै चाल्न सकेको छैन । यसपटक भने जिल्लाका सम्पुर्ण विद्यालयमा समयमै किताव पुर्याउने लक्ष्य रहेको जिल्ला शिक्षा अधिकारि कल्पना घिमिरेले वताउनु भयो ।तर उहाले भनेजस्तै गर्नेहो भने किताव सवैको हातहातमा पुग्ने थियो तर जिलला शिक्षा कार्यालयको काम एकातीर र विद्यालयको अर्काेतिर विभाजीत हुदा विद्यार्थीहरुको भविश्य अन्यौलमा परेको छ । 

 पहिलेका केहि वर्षहरुमा जिल्लाका केहि विद्यालयमा किताव पुर्याउन नसकिएको वताउदै उहाले यसपटक भने सवै विद्यालयलाई पुग्ने किताबहरुको ब्यवस्था गरिएको जानकारि दिनुभयो । यस पटक जिल्लाका सवै विद्यालयलाई आबश्यक पर्ने किताबहरुको जोहोमा आफुहरु लागेको भन्दै जिसिअ घिमिरेले यस शैक्षिक सत्रमा सवै विद्यार्थीको हातमा किताव पुर्यायरै छाड्ने वताउनु भयो । जिल्लाका अधिकासं विद्यालयका विद्यार्थीहरु जिल्ला शिक्षा कार्यालय र सम्वन्धित विद्यालयले समयमै पाठ्यपुस्तकको ब्यवस्था नगर्दा विना किताव शिक्षकको भरमा पढ्न वाध्य भएका् छन् ।

 परिक्षाको समयमा समेत आफुहरुलाई विद्यालयले कितावको ब्यवस्था नगरेको भन्दै वागेंमरोटका विकास विकले पढाईमा समस्या देखिने वताए । उनले किताबकै भरमा घरमा अध्ययन गर्ने वातावरण समेत नभएको र विद्यालयमा शिक्षकको भरमा आफुहरु परिक्षामा सामेल भएको वताएका हुन । यस वर्षको एसईई परिक्षा दिईसकेका उनले विज्ञान विषयको किताव विनानै परिक्षा दिएको वताए । 

जिल्लाका विद्यार्थीहरुको भविश्यमाथी खेलवाड गर्दै आएको जिल्ला शिक्षा कार्यालयले यस वर्षपनि समयमै किताकको जोहो गर्न नसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द