Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोतिबिन्दु भएका ५९ जनाको निःशुल्क शल्यक्रिया

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २२, सोलुखुम्बु । </b>जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ ।<br></p><p>तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार भएको शिविरमा ६०४ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको र त्यसमध्ये ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया र दस जनाको आँखाको ढकनी खुम्चिएकोसम्बन्धी शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिनुभयो ।&nbsp;</p><p>यसअघि जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी जटिल समस्या भएका रोगी छनोट गरिएको थियो । गाउँ÷गाउँमा छनोट गरिएका रोगीको विशेषज्ञसहित जिल्लास्तरमा शिविर सम्पन्न गरी उपचार गरिएको प्रमुख वाइबाले जानकारी दिनुभयो । रासस&nbsp;</p>