हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक "/>
२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आधुनिक पुस्तकालय निर्माण गर्न युएईबाट ४३ हजार सहयोग

२०७३, २६ चैत्र शनिबार ०३:०६

हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ । 

सामाजिक संजालबाट थालिएको " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं " भन्ने नाराको साथ अभियान गत २६ डिसेम्बर २०१६ मा " साझा समाज लेखानी " ( shared society lekhani ) गठन भएको थियो । 

१९ सदस्यीय समिति गठन गरेर थालिएको उक्त अभियान सामाजिक संजाल फेस बुक मार्फत आर्थिक सङ्कलन गरिएको हो । आधुनिक पुस्तकालय निर्माण अभियानमा हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा  मलेसिया , कतार , बहराइन, साउदी अरेबिया, कुवेत, नेपाल, युएई लगाएतका मुलुकमा रहेका लेखानीवाशीको साथै  मनकारी सामाजिक भावनाले ओतप्रोत व्यक्तिहरुले सहयोग सङकलन गरेका छन ।

युएईबाट ओखलढुंगा निवासी बाला राई ३ हजार , मोरङका रेनुका राना मगर ३ हजार, सिन्धुपाल्चोक निवासी सरिता बस्नेत ३ हजार, गुल्मीका सुनिता भण्डारी ३ हजार ,सितल राई २,८०० रुपैया , ताप्लेजुङका गौरव लिम्बु पन्दाक ५,८००, मकवानपुरका कृष्ण प्रसाद कर्पौला ५,८०० सिन्धुली दुधौलीका गुणराज फुयाल १,४५०, उदयपुर लेखानीका हेम चन्द्र राई १६,९५० रुपैयाँ गरि ४३ हजार ८ सय रुपैयाँ श्री चन्द्रा वति उच्च माद्यामिक बिधालयको आधुनिक पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका हुन  ।

 हालसम्म ४ लाख ३० हजार भन्दा धेरै प्रतिबद्धता रकम जाहेर भएकोमा हालसम्म २ लाख ९० हजार भन्दा धेरै सहयोग रकम जम्मा भएको साझा समाज लेखानीको कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेलले जानकारी गराएका छन । उदयपुर जिल्लाको विकट गाउँ राजनीति तथा सामाजिक आर्थिक हिसाबले पछि परेको यश क्षेत्रमा आम वैदेशिक रोजगारमा रहेको तथा मनकारी दाताहरुबाट पैसा सङ्कल गरेर आधुनिक पुस्तकालय निर्माणका लागि य अभियान चालिएको मलेशिया रहेका समाजको सचीव  शम्भु कुमार राईले जानकारी गराएका छन ।

आउदो नयाँ वर्षमा श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने गरि अभियान चालिएको साझा समाजको अध्यक्ष पेशल खप्तरी मगरको योजना रहेको छ । उक्त बिधालयमा कक्षा १ देखि १२ कक्षासम्म अध्यन भएको र हाल ५ सय भन्दा धेरै मगर, राई, न्यवार, आदिवासी जनजाति, दलित, ब्राह्मण समुदायको छोराछोरीले अध्यन गर्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो