2026-09-11 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

हिमालपारिको जिल्ला मनाङ अन्धकार

चैत २६, मनाङ । हिमालपारिको जिल्ला मनाङमा विद्युत् प्रवाहमा समस्या हुँदा सरकारी तथा अन्य काम प्रभावित भएका छन् । 

विद्युत् नहुँदा जिल्ला सदरमुकाम चामेलगायत आसपासका गाउँ अन्धकार भएका छन्् । स्थानीय स्यल्क्यु खोला लघु जलविद्युत् आयोजना बन्द भएपछि सदरमुकाम अन्धकार भएको हो । 

विश्वविख्यात अन्नपूर्ण पदमार्गको गन्तव्य मानिने मनाङ सदरमुकाम चामे, थानचोक, तिमाङलगायत स्थानमा लक्ष्य गरी निर्मित ४५ किलोवाट क्षमताको स्यल्क्यु खोला लघु जलविद्युत् आयोजनाको जेनेरेटरमा समस्या देखिएपछि मर्मतका लागि आयोजना बन्द गरिएको प्रजिअ कमलराज भण्डारीले बताउनुभयो । 

आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएको र विद्युत् सेवा बन्द भएपछि विद्युत्बाट सञ्चालन हुने टेलिफोन र मोबाइल सेवा पनि चल्न समस्या भएको स्थानीय प्रशासनले जनाएको छ । 

बिजुली र सञ्चार सेवा दुवै बन्द भएपछि सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीका साथै अन्नपूर्ण चक्रीय मार्गका लागि चामे पुगेका पर्यटक बढी समस्यामा छन् । 

लमजुङ सदरमुकाम बेँसीसहरदेखि तीन÷चार दिनको यात्रापछि मात्रै पुगिने चामेमा पर्यटकले टेलिफोन तथा इमेल/इन्टरनेट चलाउन पाएका छैनन् । चामेमा २०४२ सालमा स्थापित साना जलविद्युत् आयोजना बिग्रिएका कारण स्थानीय बासिन्दाले पटक पटक सास्ती खेप्दै आउनुपरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट