2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा सरकारले निर्धारण गरेको मुल्यमै पाठ्यपुस्तक विक्रिवितरण गर्ने

सागर शर्मा/चैत ३१, प्युठान । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा प्यूठानले नेपाल सरकारको निर्धारित मुल्यमा  पाठ्यपुस्तक विक्रिवितरण गर्ने भएको छ । 

फागुन ३० गते बसेको कार्यसमितिको वैठकले उक्त निर्णय गरेको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

उक्त पत्रकार सम्मेलनमा जिल्लाको सम्पुर्ण क्षेत्रमा एउटै दररेट मा पुस्तक उपलव्ध गराउने समितिले बताएको छ  । सरकारको निर्णयले पुसतकको मुल्यमा भारी गिरावट आएकोले प्रशासन गृहबाट पाउदै आएको सविधामा समेत कटौटी भएको र व्यावसायिहरुलाई ढुवानी, पारीश्रमिक, घरभाडा लगाएतका खर्च बृद्धि हुदा व्यावसायि मारमा परेकोले अघिल्लो अािर्थक बर्षहरुमा दिदै आएको छुट दिन नसकिने र  यो आर्थिक बर्षमा तोकिएको मुल्यमा पुस्तक उपलव्ध गराउने पुस्तक व्यवसायिक महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सुवासचन्द्र भण्डारीले जानकारी दिनुभयो । 

हाल सम्म जिल्लामा सामुदायिक तर्फ १ देखि ५ सम्मको ७० प्रतिशत र ५ देखि  १० सम्म ५० प्रतिशत पुस्तक भित्रिएको पुस्तक व्यावसायिक संघले बताएको छ । भने बाकी पुस्तक स्थानिय निकायको मतपत्र छापेर सकिएपछि मात्र छापेर जिल्लामा आउने संघले बताएको छ ।  

निजि तर्फ भने ८० प्रतिशत पुस्तक भित्रिएको समेत जानकारी गरआएको छ । यो बर्षमा निजि तफए १८ देखि ३५ प्रतिशत सम्ममा पुस्तको मुल्य घटेर आएको पनि बताएको छ । सोही मुल्यमै दुर्गम बस्ति सम्म पुस्तक पुराइने छ । 

जिल्लामा मुख्य डिपो जुम्रि र सहायक डिपो जिल्लाका भिगृ, बरौला, बाङ्गेसाल, खलंगा, ठुलाबेशि, मच्छि, बाहाने चुजाँठाटी मा सञ्चालन गरिएको छ । साथै सरकारी निर्णय र जिल्लाले यस सम्वन्धमा गरेको निर्णय लाई व्यवहारमा कार्यान्वयन गर्न समेत पुस्तक व्यवसायिलाई अनुरोध गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द