2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

शान्ति समितिमा रहेका अधिकारकर्मीहरु नै गुटबन्दीको खेलमा


बैशाख ४, गाईघाट । स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजक चयन पक्रियामा सदस्य रहेका अधिकारकर्मी प्रतिनिधिहरुनै गुटबन्दीको खेलमा लागेकाछन् ।  

स्थानिय शान्ति समितिमा निर्देशिका अनुसार हरेक ६–६ महिनामा संयोजक परिवर्तन भई नयाँ संयोजक सर्वसहमतिबाट चयन गर्ने पक्रिया रहेको भएतापनि यस पटकको संयोजक चयन गर्ने क्रममा सो गुटबन्दी देखिएको हो ।   

आईतबार संयोजक चयन गर्ने क्रममा शान्ति समितिमा रहेका केही सिमिति व्यक्तिहरुले आफूखुसी संयोजक चयन गर्ने रणनिति बनाएर सिमान्तकृत र पछाडि पारिएका आदिवासिजनजाति, मधेशी, मुस्लिम, पिछडावर्गलाई पाखा लगाउने कार्य गरेको भन्दै सो निर्णयको घोर विरोध गर्दै सदस्यहरुले असहमति अथवा नोट अफ डिसेन्ट भनि हस्ताक्षर गरेकाछन् ।

ने.क.पा. माओवादी केन्द्रका द्रोण पौडेललाई चयन गर्ने क्रममा विभेदको निति लिदै नश्लवादी चिन्तन हावी भई संयोजक चयन गरिएकोले आफूहरुले विरोध गर्दै नोट अफ डिसेन्ट लेखेको शान्ति समितिका सदस्य तथा महिला अधिकारकर्मी नजबुल खान निलमले बताए ।  

सर्वसम्मतिबाट यस पटकका लागि महिलालाई संयोजक बनाउन हस्तमाया राईको पक्षमा छलफल हुँदाहुँदै केही पूर्व संयोजक र अधिकारकर्मी प्रतिनिधिहरुले गलत भुमिका खेली पौडेलको पक्षमा ८ मत मात्रै हुँदा समेत हचुवाको भरमा एक पक्षिय ढंगले संयोजक घोषणा गरेको खानले बताए ।

संयोजक चयन गरिएको बारे भएको निर्णयको विरोध गर्दै सदस्यहरु ललित शाह, हस्तमाया राई, नजबुल खान निलम, लालबाबु लोहनी, अजयकुमार साह, टिका घलेमगर, गौरीशंकर उदास, रंगीलाल साह लगायतकाले असहमति अर्थात नोट अफ डिसेन्ट लेखेकाछन् ।

समितिमा रहेका अधिकारकर्मी प्रतिनिधिहरुनै सिमान्तकृत वर्गको अधिकार खोस्ने कार्यमा लागेको समितिका सदस्य तथा संघिय समाजवादी फोरम नेपालका ललित शाहले बताएकाछन् । उनले अधिकारकर्मी भनाउँदाहरुले व्यवहारमा कहिल्यै परिवर्तन गर्न नसकेकोले देश पछाडि परेको र सिमान्तकृत समुदाय समेत पछाडि पर्न बाध्य भएको बताए ।

समितिको संयोजक चयन प्रक्रियामा संघीय समाजवादी फोरम नेपालका ललित साह, महिला अधिकारकर्मी नजबुल खान(निलम) र त्रियुगा उद्योग बाणिज्य संघकी हस्तमाया राईले प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ औ संयोजकको रुपमा आईतबारनै पदवाहाली गरेका छन ।

पदभार ग्रहण गर्दै नवनियुक्त संयोजक पौडेलले जिल्लामा दिगो शान्ति स्थापना गर्न स्थानीय शान्ति समितिले यस अघि खेलेको भूमिकालाई समेत नजिरको रुपमा ग्रहण गरि काम गर्ने बताएकाछन । उनले द्धन्द्ध व्यवस्थापन र द्धन्दपीडित परिवारहरुलाई राहतको लागि पहलहरु अगाडी बढाउने बताएकाछन् ।

संयोजक चयन गर्ने प्रक्रियामा नदोहोरिने गरी, सकेसम्म आदिवासी जनजाति, मधेशी, मुस्लिम, पछाडि पारिएका, द्वन्द्व पिडित, महिला प्रतिनिधिलाई विशेष प्राथमिकतामा राखि चयन गर्नुपर्ने निर्देशिकामा हुँदाहुँदै पटक पटक हचुवाको भरमा स्थानिय शान्ति समितिको संयोजक चयन हुने गरेको ले विवाद चुलिएको बुझिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई