सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

सोमबार जिल्ला शिक्षा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

सोमबार जिल्ला शिक्षा"/>

2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा भर्ना अभियान चलाइने

सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

सोमबार जिल्ला शिक्षा कार्यालय प्यूठानले आफ्नै सभाहलमा गरेको विद्यार्थी भर्ना अभियान –२०७४ बिषयक अन्तक्रिया कार्यक्रममा घरघरमा विद्यालयभर्ना नभएका वालवालिकाहरुलाई घरमै गएर भर्ना गराउने जानकारी दिएको हो । 

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’भन्ने नारा सहित विद्यालयलाई क्षेत्र भित्र रहेका बालबालिकालाई सम्बन्धीत क्षेत्रभित्र वालभर्ना अभियान चलाउन लागेको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताइन् । जिल्लाका १९ ओटा विद्यालयमा सघन भर्ना अभियान चलाउने भएको हो । 

पुजा जाडगाउँ, खलाचौर र बाक्लिवाङ, रजवाराको ढाडखानी , लिघाको सरीमा, गोठीवाङको सुपरखोला र धपखोला, हंसपुरको दोमै, चुँजाको थाम, रम्दीको एकचोटे,स्वर्गद्धारीको अनक, बेलवासको तिमिले, प्यूठान नगरपालिकाको भेडावारी, डाडाँयाउँ र बाटुले, भिंग्रीको गावधारा, ओखरकोट चौके, मरन्ठानाको फुलवारी लगायतकाविद्यालयमा संघन रुपमाभर्ना अभियान चलाउन थालीएको हो ।

विद्यालय टाढा भएर भर्ना हुननआउने विद्यालयभर्ना भएर पनि नियमित उपस्थित नहुने भएकाले जिल्ला शिक्षा कार्यालयले नै भर्ना अभियान सञ्चालनगर्न लागेको  अधिकारी घिमिरेले जानकारी दिइन् । 

जिल्ला शिक्षा कार्यालय प्यूठानले जिल्लामा रहेका किशोरी र सबै खाले अपाङ्गता भएका बालबालिकाहरुलाई अनुगमन तथा निरिक्षण गरि अभियान गर्ने निर्णय गरियो । ‘अनुगमन पछि वालवालिकाहरुलाई भर्ना गराउन अभिभावकलाई उत्प्रेरित गर्ने गरि लागेका छौँ।’ शिक्षाअधिकारी कल्पना घिमिरेले वताईन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द