2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा शैक्षिक सुधार अति आवश्यक तर सम्भावना कम : जिशिअ चापागाईं

पूर्णप्रसाद न्यौपाने,वैशाख १४, ओखलढुंगा । ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले काम गर्ने वातावरण नभएको बताउनुभयो । व्यक्तिगत तथा दलगत स्वार्थका कारण पटक पटक काममा अवरोध आएको भन्दै जिल्ला शिक्षा अधिकारी चापागाईंले जिम्मेवारी अनुसार काम गर्ने वातावरण नभएको बताउनु भएको हो । विहिबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल ओखलढुंगाका अध्यक्ष कमल प्रसाद न्यौपाने सहितका सरोकारवालाहरुसँगको उपस्थितमा जिल्ला शिक्षा कार्यलयमा भएको भेटघाटका क्रममा जिशिअ अधिकारीले आफुले शैक्षिक विकासका लागि केहि प्रयास गरेको भएपनि स्थानीय कोही कसैले सहयोग नगरेको बताउनुभयो । शैक्षिक विकास र गुणस्तर सुधारका लागि धेरैकाम गर्न आवश्यक भएपनि सुधारको सम्भावना नरहेको दुखेसो गर्नुभयो ।

‘शैक्षिक अवस्था चिन्ताजनक छ,सुधारका लागि केहि गरौँ भनेर लागि परेको सबै तिर बाट असहयोग भयो’उहाँले भन्नुभयो,‘शिक्षाको विग्रंदो अवस्थाबारे सबैलाई थाहा भएर पनि सबै चुपचाप बसेका छन्,मैले केहि गर्ने प्रयास गरेँ तर सफल हुन दिईएन ।’ केहि समय अघि जिल्ला शिक्षा कार्यालयले पहुँचका आधारमा काजमा बसेका शिक्षकलाई फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध आन्दोलन गर्दै नेपाल शिक्षक संघले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दि गरेर निर्णय फिर्ता गराउन बाध्य बनाएको थियो । अन्य शैक्षिक विकासका अभियानमा समेत सहयोग नभएको जिशिअ चापागाईंको भनाई छ । यस अघि वि.सं ०७३ मिसन ७५ अभियान घोषणा गरिएको भएपनि उक्त घोषणा घोषणामा मात्रै सिमित देखिएको छ । 

 सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल ओखलढुंगाका अध्यक्ष कमल प्रसाद न्यौपानेले अस्थायी शिक्षक व्यवस्थापनमा सरकारले तत्काल ठोस कदम चान्न नसक्दा पठनपाठन प्रभावित भएको बताउनुभयो । जिल्ला शिक्षा अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष न्यौपानेले गोेल्डेन ह्यानसेकले तीन शैक्षिक सत्रको पठन पाठन प्रभावित बनाएको बताउनुभयो,‘०७२ सालमा जागिर जाने भयो भन्ने हल्लामा लागेर शिक्षकहरुले पढाएनन्,०७३ सालमा सरकारी निर्णयको कार्यान्वयनको हल्लाले पढाई भएन,‘न्यौपानेले भन्नुभयो’ अब यो ०७४ सालमा पनि सुरुवात देखि नै शिक्षकहरु पढाउन भन्दा गोेल्डेन ह्यानसेक रोज्ने कि परीक्षामा सहभागि हुने भन्नेमा लागेर जिम्मेवारी प्रति जवाफदेखि भएका छैनन् ।’ अध्यक्ष न्यौपानले भर्ना अभियान प्रभावकारी रुपमा नचलेको र शिक्षकहरु विद्यालयमा हाजिर नभएको भन्दै शिक्षा क्षेत्रमा देखिएका समस्याहरु प्रति गम्भीर बन्न जिल्ला शिक्षा अधिकारी चापागाईंको ध्यानाकर्षण गराउनुभयो ।

जवाफमा जिशिअ चापागाईंले आफुले तत्काल केही गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । ‘मलाई यो सबैकुरा थाहा छ,तर म कारबाहि गर्न सक्दिनँ,मेरो एक्लो प्रयासले केही हुँदैन ।’ सबै एकजुट भएर लाग्दा मात्रै सुधारको आशा गर्न सकिने जिशिअ चापागाईंले बताउनुभयो । गोेल्डेन ह्यानसेक रोज्ने र परीक्षामा सहभागि हुन खोज्ने शिक्षकहरु सदरमुकाम धाउन थालेपछि गाउँका विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द