२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा शैक्षिक सुधार अति आवश्यक तर सम्भावना कम : जिशिअ चापागाईं

२०७४, १४ बैशाख बिहीबार १२:२९

पूर्णप्रसाद न्यौपाने,वैशाख १४, ओखलढुंगा । ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले काम गर्ने वातावरण नभएको बताउनुभयो । व्यक्तिगत तथा दलगत स्वार्थका कारण पटक पटक काममा अवरोध आएको भन्दै जिल्ला शिक्षा अधिकारी चापागाईंले जिम्मेवारी अनुसार काम गर्ने वातावरण नभएको बताउनु भएको हो । विहिबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल ओखलढुंगाका अध्यक्ष कमल प्रसाद न्यौपाने सहितका सरोकारवालाहरुसँगको उपस्थितमा जिल्ला शिक्षा कार्यलयमा भएको भेटघाटका क्रममा जिशिअ अधिकारीले आफुले शैक्षिक विकासका लागि केहि प्रयास गरेको भएपनि स्थानीय कोही कसैले सहयोग नगरेको बताउनुभयो । शैक्षिक विकास र गुणस्तर सुधारका लागि धेरैकाम गर्न आवश्यक भएपनि सुधारको सम्भावना नरहेको दुखेसो गर्नुभयो ।


‘शैक्षिक अवस्था चिन्ताजनक छ,सुधारका लागि केहि गरौँ भनेर लागि परेको सबै तिर बाट असहयोग भयो’उहाँले भन्नुभयो,‘शिक्षाको विग्रंदो अवस्थाबारे सबैलाई थाहा भएर पनि सबै चुपचाप बसेका छन्,मैले केहि गर्ने प्रयास गरेँ तर सफल हुन दिईएन ।’ केहि समय अघि जिल्ला शिक्षा कार्यालयले पहुँचका आधारमा काजमा बसेका शिक्षकलाई फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध आन्दोलन गर्दै नेपाल शिक्षक संघले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दि गरेर निर्णय फिर्ता गराउन बाध्य बनाएको थियो । अन्य शैक्षिक विकासका अभियानमा समेत सहयोग नभएको जिशिअ चापागाईंको भनाई छ । यस अघि वि.सं ०७३ मिसन ७५ अभियान घोषणा गरिएको भएपनि उक्त घोषणा घोषणामा मात्रै सिमित देखिएको छ । 

 सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल ओखलढुंगाका अध्यक्ष कमल प्रसाद न्यौपानेले अस्थायी शिक्षक व्यवस्थापनमा सरकारले तत्काल ठोस कदम चान्न नसक्दा पठनपाठन प्रभावित भएको बताउनुभयो । जिल्ला शिक्षा अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष न्यौपानेले गोेल्डेन ह्यानसेकले तीन शैक्षिक सत्रको पठन पाठन प्रभावित बनाएको बताउनुभयो,‘०७२ सालमा जागिर जाने भयो भन्ने हल्लामा लागेर शिक्षकहरुले पढाएनन्,०७३ सालमा सरकारी निर्णयको कार्यान्वयनको हल्लाले पढाई भएन,‘न्यौपानेले भन्नुभयो’ अब यो ०७४ सालमा पनि सुरुवात देखि नै शिक्षकहरु पढाउन भन्दा गोेल्डेन ह्यानसेक रोज्ने कि परीक्षामा सहभागि हुने भन्नेमा लागेर जिम्मेवारी प्रति जवाफदेखि भएका छैनन् ।’ अध्यक्ष न्यौपानले भर्ना अभियान प्रभावकारी रुपमा नचलेको र शिक्षकहरु विद्यालयमा हाजिर नभएको भन्दै शिक्षा क्षेत्रमा देखिएका समस्याहरु प्रति गम्भीर बन्न जिल्ला शिक्षा अधिकारी चापागाईंको ध्यानाकर्षण गराउनुभयो ।


जवाफमा जिशिअ चापागाईंले आफुले तत्काल केही गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । ‘मलाई यो सबैकुरा थाहा छ,तर म कारबाहि गर्न सक्दिनँ,मेरो एक्लो प्रयासले केही हुँदैन ।’ सबै एकजुट भएर लाग्दा मात्रै सुधारको आशा गर्न सकिने जिशिअ चापागाईंले बताउनुभयो । गोेल्डेन ह्यानसेक रोज्ने र परीक्षामा सहभागि हुन खोज्ने शिक्षकहरु सदरमुकाम धाउन थालेपछि गाउँका विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो